पूर्वका पाँच पत्रकार महिला चुनावी दौडमा


प्रकाशित मिति :2017-05-10 14:04:10

महिला खबर

सुनसरी । आसन्न स्थानीय तह निर्वाचनका लागि पूर्वका झापा, मोरंग र सुनसरी जिल्लाबाट पाँच जना पत्रकार महिला चुनावी दौडमा सामेल भएका छन् । झापाका ३ र सुनसरी र मोरंगबाट एक, एक गरी पाँच महिला पत्रकार अहिले विभिन्न पदका आकांक्षी देखिएका छन् । प्रदेश नं १ मा पर्ने सुनसरीमा दोस्रो चरणमा निर्वाचन हुने कार्यक्रम अनुसार महिला आकांक्षी अगाडि आउने क्रम बढेको छ ।

झापाको विर्तामोड नगरपालिकामा उपमेयरका लागि पत्रकार महिलाहरु भीमा सिवाकोटी र लीला अनमोलको नाम चर्चामा छ । भीमा नेकपा एमालेको तर्फवाट र अनमोल राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट उपमेयरमा सिफारिस हुनुभएको हो ।

यस्तै, सुनसरीको धरान उपमहानगरपालिकामा उपमेयरका लागि माओवादी केन्द्रले पत्रकार महिला गँगा बरालको नाम पनि सिफारिस गरेको छ । विराटनगर उपमहानगरपालिका वडा नं ३ मा पत्रकार अप्सरा निरौलाको नाम वडा सदस्यमा माओवादी केन्द्रले टुङ्गो लगाएको छ । यसैगरि, झापाको भद्रपुर नगरपालिका वडा नं ४ को महिला सदस्यमा गँगा वरालको नाम नेकपा एमालेले सिफारिस गरेको छ ।

सिफारिस सबै पत्रकार महिलाको नाम पार्टीको नगर र उपमहानगर कमिटीले सिफारिस गरेपनि माथिल्लो निकायले टुंगो भने लगाइसकेको छैन ।

भीमा सिवाकोटी

भीमा सिवाकोटी विगत १५ वर्षदेखि कञ्चनजंघा एफएम झापामा कार्यरत हुनुहुन्छ । सिवाकोटी प्रेस चौतारी नेपालको तर्फवाट पत्रकार महासंघ झापाको महिला उपाध्यक्ष तथा नेकपा एमाले झापा क्षेत्र नम्बर दुईको क्षेत्रीय सदस्य समेत हुनुहुन्छ । रेडियोमा लामो समयदेखि समुदायमा आधारित कार्यक्रम संचालन गरेको अनुभवका कारण विर्तामोडका समस्यासँग बढी परिचित रहेको उहाँको भनाइ छ । यहिकारण, आफूले टिकट पाएर विजयी भए विकासका योजना अघि बढाउन समस्या नहुने उहाँले उल्लेख गर्नुभयो । यसबाहेक विद्यमान समस्याहरुलाई विज्ञहरुसँग परामर्श गरेर विर्तामोडलाई देशकै उदाहरणीय शहर बनाउने उहाँको योजना छ ।

लीला अनमोल

लीला अनमोलले पनि कञ्चनजंघा एफएमवाटै पत्रकारिता यात्रा सुरु गर्नुभएको हो । उहाँ हाल रेडियो विराट विर्तामोडको प्रबन्ध निर्देशक हुनुहुन्छ । साहित्यमा निकै रुचि राख्ने अनमोललाई राष्ट्रिय प्रजातन्त्र पार्टीले उपमेयरका उम्मेदवारमा सिफारिस गरेको हो । उहाँले काँग्रेसबाट राजनीतिमा कदम सुरु गर्नुभए पनि आवद्ध भने गत वर्षदेखि राप्रपाबाट गर्नुभएको हो । उहाँका दुईवटा कृति समेत प्रकाशित भइसकेका छन्, बाँसुरी कविता सँग्रह र दुख्छ गजल संग्रह । ‘मैले खासै योजना बनाएको छैन, तर जीतेँ भने काम गरेर देखाउँछु, मत खेर जान दिन्न’, योजनाबारे सोध्दा उहाँले भन्नुभयो ।

गंगा बराल

सुनसरीको धरान उपमहानगरपालिकाबाट बरालको नाम माओवादी केन्द्रले उपमेयरमा सिफारिस गरेको छ । उहाँ बिजयपुर साप्ताहिकको सम्पादक तथा प्रकाशक हुनुहुन्छ । बरालले ०५४ सालदेखि पत्रकारिता सुरु गर्नुभएको हो । उहाँ हाल क्रियाशिल पत्रकार महिला पूर्वाञ्चलको संयोजक, शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल संकल्पको क्षेत्रीय संयोजक भएर काम गरिरहनुभएको छ । नेपाल पत्रकार महासंघको केन्द्रीय सभासद समेत रहनुभएकी बराल, प्रेस सेन्टरको केन्द्रीय सदस्य पनि हुनुहुन्छ ।
उहाँ धरानलाई पर्यटकीय शहर बनाउन योगदान दिने बताउनुहुन्छ । महिलाको अवस्थाको बारेमा तथ्याङ्क संकलन गरेर योजना निर्माण गरि हरेक क्षेत्रमा महिलालाई अग्रसर गराउन भूमिका खेल्ने उहाँको योजना छ । यस्तै, दुव्र्यसन न्यूनिकरणका लागि पहल गर्ने, व्यवसायिक र रोजगारमूलक तालिमहरुको आयोजना गर्ने लक्ष्य राखेको उहाँले सुनाउनुभयो । आफूले उपमेयरको टिकट पाएर बिजयी भए धरानलाई प्रदेश नं एकको राजधानी बनाउन पनि भूमिका खेल्ने उहाँले बताउनुभयो । ‘धरानलाई पर्यटकीय शहरका रुपमा विश्वभर चिनाउन चाहेको छु’, उहाँले जनाउनुभयो ।

अप्सरा निरौला

निरौला प्रेस सेन्टर नेपालको केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँ विराटनगरबाट प्रकाशित हुने जनवादी आवाज साप्ताहिकको कार्यकारी सम्पादक समेत हुनुहुन्छ । उहाँलाई माओवादी केन्द्रले विराटनगर ३ बाट वडा सदस्य पदको उम्मेदवार बनाउन लागेको हो ।

गंगा बराल

बराल डेढ दशकदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ । उहाँ निर्माण लहर साप्ताहिक भद्रपुरको कार्यकारी सम्पादक हुनुहुन्छ । उहाँलाई नेकपा एमालेले भद्रपुर वडा नम्वर ४ बाट वडा सदस्यको उम्मेदवार बनाउने तयारी गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: