महिला क्रिकेटको उपाधि राइजिङ क्रिकेट वुमनलाई


प्रकाशित मिति :2017-05-10 16:38:33

महिला खबर 

काठमाडौँ । कैलालीको अत्तरियामा भएको ‘रुस्लान अत्तरिया कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता’ को उपाधि राइजिङ क्रिकेट वुमन काठमाडौँले जितेको छ । मंगलबारको फाइनल खेलमा विभागीय टोली एपिएफलाई १७ रनले पराजित गर्दै राइजिङले उपाधि जितेको हो ।

बिजयी राइजिङ क्रिकेटले दुई लाख रुपैयाँ र ट्रफी प्राप्त गरेको छ भने उपविजेता एपिएफले एक लाख रुपैयाँ प्राप्त गरेको छ ।

टस जितेर पहिले व्याटिङ गरेको राइजिङले निर्धारित २० ओभरमा पाँच विकेटको नोक्सानीमा १५२ रन बनाएको थियो । राइजिङका लागि अलराउण्डर विदेशी खेलाडी पूजा निमाभाटले ३८ बलको सामना गर्दै चार चौकाको मद्दतले ३७ रन बनाएकी थिइन् ।

त्यस्तै, सहनवाज प्रवीण २५, शान्ता मुखर्जी २३, शान्ति खतिवडा २१, नेरी थापा र आरती विडारीले समान १३÷१३ रन बनाए ।

यसैगरि, एपिएफकी सरिता मगरले चार ओभरमा २९ रन खर्चिदै तीन विकेट लिइन् । एपिएफकी करणा भण्डारीले समेत दुई विकेट हात पारिन् । १५३ रनको विजय लक्ष्य पछ्याउँदै मैदान प्रवेश गरेको विभागीय टोली एपिएफले निधारित ओभरमा नौ विकेट गुमाउँदै १३६ रन मात्रै बनाउन सक्यो । एपिएफकी पूजा पाण्डेले ४२ बल खेल्दै पाँच चौकाको मद्दतले ४८ रन बनाएपनि आफ्नो टोलीलाई जीत भने दिलाउन सकिनन् ।

त्यस्तै, एफिएफकी करुणा भण्डारीले २४ र सरिता मगरले २१ रन बनाएपनि बाँकी खेलाडीले भने दोहरो अङ्कको रन बनाउन सकेनन् । एपिएफलाई सस्तैमा समेट्न राइजिङकी पूजाले चार ओभरमा १७ रन खर्चिदै चार विकेट हात पारिन् । प्रतियोगितामा १०७ रन बनाउँदै ११ विकेट लिएकी राइजिङकी पूजा उत्कृष्ट खेलाडी घोषित हुँदै २५ हजार रुपैयाँ हात पारिन् ।

राइजिङकै शान्ता मुखर्जी उत्कृष्ट विकेट किपर भइन् भने विभागीय टोली एपिएफकी ज्योती पाण्डेय र सरिता मगर क्रमशः उत्कृष्ट व्याट्सवुमन र बलर घोषित हुँदै १०, १० हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा देशभरिका ६ वटा महिला क्रिकेट टोलीको सहभागिता थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: