‘स्वास्थ्य, रोजगार र महिला सशक्तिकरण हाम्रो प्राथमिकता’


प्रकाशित मिति :2017-05-10 18:57:37

महिला खबर

काठमाडौं । ललितपुर महानगरपालिकामा विभिन्न दलबाट र स्वतन्त्र गरी ९ जना महिलाले उपमेयरमा उम्मेदवारी दिएका छन् । नेपाली काँग्रेसबाट गीता सत्याल, माओवादी केन्द्रबाट हसिना शाक्य, नयाँ शक्ति (संघीय समाजवादी) बाट सजनी महर्जन, नेपाल मजदुर किसान पार्टीबाट रीमा महर्जन, राष्ट्रिय जनमुक्तिबाट अनु महर्जन र नेकपा मालेकी लक्ष्मीकुमारी श्रेष्ठ उपमेयरमा भिड्दै छन् । सोही पदमा अन्य तीन महिलाले भने स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । स्वतन्त्र उम्मेदवार दिनेमा इन्दिरा अधिकारी, रुपा थापा र शोभा शाक्य रहेका छन् ।

महिला उम्मेदवार र उनीहरुका चुनावी एजेण्डा के छन् त? उनीहरुकै शब्दमा–

‘हस्तकलालाई रोजगारीको माध्यम बनाउँछु’

गीता सत्याल, नेपाली काँग्रेस

ललितपुर मौलिक कला संस्कृतिमा धनी छ । यहाँका संरचना आकर्षक हस्तकलाबाट बनेका छन् । यहाँको हस्तकलाले रोजगारीको थुप्रै संभावना बोकेको छ । त्यसैले म हस्तकलालाई रोजगारको माध्यम बनाउन विभिन्न कार्यक्रम ल्याउँछु । त्यतिमात्रै होइन ललितपुर महानगरलाई शिक्षा र स्वास्थ्यमा अगाडि बढाउन मेरो भूमिका हुनेछ ।

‘महिलाका लागि योजना ल्याउनेछु’

हसिना शाक्य, नेकपा माओवादी केन्द्र

देश विकास हुन महिलाको विकास हुनुपर्छ । त्यसको लागि महिला शिक्षित, सचेत र आर्थिक रुपमा सबल हुन जरुरी छ । त्यसैले महिलालाई अगाडि बढाउने धेरैभन्दा धेरै योजना ल्याउने छु । यहाँको नेवारी परम्परा, संस्कार र मातृभाषाको संरक्षण गर्न म अग्रसर हुनेछु ।

‘पर्यटकीय नगर बनाउने छु’

सजनी महर्जन, नयाँ शक्ति

ललितपुरका प्रत्येक घरमा होम’स्टे सञ्चालन गरेर पर्यटकीय नगर बनाउने मेरो योजना छ । महिला शसक्तिकरण र स्वरोजगारका कार्यक्रम ल्याउने छु । निजी तथा सरकारी अस्पतालमा वृद्घावृद्घाहरुका लागि निःशुल्क औषधी उपचारका लागि कार्डको व्यवस्था गर्नेछु । यहाँका प्रत्येक वडामा जेष्ठ नागरिक क्लब स्थापना गर्ने पनि मेरो सोच छ  ।

‘निःशुल्क उपचारको व्यवस्था गर्नेछु’

शोभा शाक्य, स्वतन्त्र

धेरै सर्वसाधारण अस्पतालको चर्को शुल्कबाट दिक्क हुनुहुन्छ । त्यो समस्याको समाधान गर्न लागि सरकारी अस्पतालमा निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्नेछु । सामुदायिक विद्यालयमा निःशुल्क पठनपाठनको व्यवस्था पनि गर्नेछु ।

‘स्वरोजगारमुलक कार्यक्रम ल्याउँछु’

 लक्ष्मीकुमारी श्रेष्ठ, नेकपा माले
महिला शसक्तिकरणका लागि विभिन्न कार्यक्रम ल्याउँछु । बेरोजगार युवाका लागि सीपमूलक तथा स्वरोजगारका कार्यक्रम ल्याउने मेरो योजना छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: