यस्ता छन्, महानगरका मेयर उम्मेदवार महिलाका चुनावी एजेन्डा


‘महानगरलाई सफा, सुन्दर, हराभरा बनाउने हाम्रो प्रतिवद्धता’

प्रकाशित मिति :2017-05-11 11:58:53

-सन्दिप वि.क-

काठमाडौं । स्थानीय तहको निर्वाचनको दिन नजिकिदैँ गर्दा राजनीतिक दलका उम्मेदवारहरु आ–आफ्नो एजेन्डा लिएर जनताका घरदैलोमा पुगेका छन् । चुनावी माहौल तातेको तीन महानगरपालिकामा मेयर उम्मेदवार बनेका ८ महिला पनि चुनावी दौडमा सामेल भएका छन्।

काठमाडौं महानगरपालिकामा नेकपा मालेकी उषाकुमारी टिबडेवाला, विवेकशील दलकी रञ्जु दर्शना र स्वतन्त्र रुपमा उठेका ज्ञानु लामा, राधा चालिसे गरी कुल ४ महिला मेयरको प्रतिस्पर्धामा छन् । यस्तै, भरतपुर महानगरपालिकामा माओवादी केन्द्रका रेणु दाहाल, मालेका सिर्जना रुवाली  र, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अम्बिका मूडवरी प्रतिस्पर्धामा छन् । पोखरा महानगरपालिकामा राप्रपाबाट गीता गुरुङ मेयरकी उम्मेदवार छन् ।

यस्ता छन्, महिला नेताले बोकेका चुनावी एजेन्डा –

‘शून्य सहनशीलता सहितको सुशासन प्रदान गर्न प्रतिबद्ध छु’

रेणु दाहाल, भरतपुर महानगरपालिका, नेकपा माओवादी केन्द्र

म मेयर पदमा काम गर्न सक्षम छु । मेरो क्षमताकोे मुल्याङकन पार्टीले गरेको छ । मैले महानगरमा धेरै काम गर्नुछ । महानगरमा मेट्रो रेल सञ्चालन गर्न चाहन्छु । सबै सडक कालोपत्रे, सडक सञ्जाल नपुगेका ठाउँमा सडक विस्तार गर्ने काममा लाग्नेछु । व्यवस्थित अस्पतालहरुको शहर बनाउनेछु ।

कृषि तथा वन विश्वविद्यालयलाई कृषि अनुसन्धान केन्द्र बनाउन लागि पर्नेछु । भ्रष्टचार, अनियमितता शून्य शहनशीलता सहितको सुशासन प्रदान गर्ने कुरामा प्रतिबद्ध हुनेछु । महानगरपालिकामा स्तरीय रिङरोडले सबै वडामा छुने गरी सडक सञ्जाल पुर्याउनेछु । यस्तै, सुकुम्बासी समस्या समाधान मेरो उच्च प्राथमिकताको विषय हो । सिंचाई सुविधा विस्तार गरेर कृषि उत्पादनमा जोड दिनेछु । निजी क्षेत्रको समन्वयमा प्रत्येक वडामा फनपार्क, मनोरञ्जनस्थल, वृद्धाश्रम, अनाथालय निर्माण गर्नेछु ।

यो महानगरपालिकालाई सबै हिसाबले समृद्ध, हराभरा, सुन्दर, स्वच्छ र आधुनिक शहरको रुपमा अगाडि बढाउने सोच राखेको छु । महानगरपालिकामा अत्याधुनिक विश्वविद्यालयहरु स्थापना गर्नेछु ।

यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा दत्तचित्त भई लाग्नेछु । महिलाको आर्थिक स्तर उकास्न सहयोग पुग्ने खालका कार्यक्रमहरु सञ्चालन गर्नेछु । मैले अवश्य जित्नेछु । यो महानगरपालिका ३ वटा क्षेत्रमा ०६४ सालको संविधानसभमा माओवादी केन्द्रले जित हासिल गरेको थियो । यो मेरो बलियो आधार हो ।

‘पर्यटन प्रर्वद्धनका विशेष योजनाहरु ल्याउनेछु’

गीता गुरुङ, पोखरा महानगरपालिका, (राप्रपा)

मेरो पहिलो प्राथमिकता समाजमा रहेका महिलाको हक हित र विभेदको अन्त्यको लागि नै हो । म पोखरा महानगरपालिकाकाे बसपार्क व्यवस्थापनमा लाग्नेछु । मेयरको रुपमा जनताले मलाई जिताउनुभयो भने महानगरपालिकामा सडक, यातयात, विद्युत, खानेपानी लगायतका क्षेत्रमा विशेष ध्यान दिनेछु । पोखरा पर्यटकीय नगरी भएको कारण पोखराको पर्यटन प्रर्वद्धनका लागि योजनाहरु ल्याउनेछु । पोखरामा केवुलकार सञ्चालन, मठ मन्दिर, गुम्बा, मस्जिद निर्माण लगायत पर्यटकीय क्षेत्रको विकासमा विशेष ध्यान दिनेछु । जवरजस्ती अतिक्रमण गरिएका सार्वजनिक सम्पतीलाई गाउँ तथा नगरको स्वामित्वमा ल्याउनेछु ।

महानगरलाई हराभरा बनाउन मेरो उम्मेदवारी

उषाकुमारी टिबडेवाला काठमाडौं महानगरपालिका (माले)

अहिले नयाँ पिँढीलाई पार्टीले धेरै साथ दिएको अवस्था छ । नयाँ जोस जाँगर बोकेका पिँढीलाई विशेष गरेर महिलाहरुलाई प्रोत्साहित गरेको अवस्था छ । त्यो राम्रो कामको सुरुवात हो ।  म सामाजिक काम गर्ने व्यक्ति हुँ । मेराे याे खुबी देखेर अवश्य जिताउनुहुनेछ भन्ने लागेको छ ।
मेरो एजेन्डा भनेको भुकम्पले भत्केका सम्पदाको संरक्षणका साथै काठमाडौं महानगरपालिकालाई हराभरा, सुन्दर बनाउने रहेको छ । सबैलाई समेटेर म निरन्तर महानगरको विकासका लागि लाग्नेछु ।

हिँडुहिँडु लाग्ने, झिलिमिली सहर बनाउन मेरो उम्मेदवारी

रन्जु दर्शना, काठमाडौं महानगरपालिका, (विवेकशील नेपाली दल)

नेपालमा काम गर्छु भन्नेले काम गरेका छैनन् । त्यसैले हामी युवा पिँढीले नयाँ जोश र जाँगर बोकेर नयाँ नेपालको खाका कोर्नु छु । मेरो एजेन्डा भनेको झन्झटमुक्त, सुविधायुक्त सहर निमार्ण गर्नु रहेको छ । यस्तै धुलो धुँवाले भरिएको महानगरलाई हराभरा बनाउने, गरिखान पाउने, उद्यमशील सहर बनाउने, हिँडुहिँडु लाग्ने, झिलिमिली सहर र विविधता झल्कने सम्पदा सहर बनाउने मेरो मुख्य एजेन्डा हो ।

महानगरपालिकालाई सहज, सुलभ बनाउन यहाँको कर्मचारीतन्त्रमा व्यापक सुधारको आवश्यकता देखिन्छ । त्यसका लागि गोल्डेन ह्यान्डसेक (स्वेच्छिक अवकास) व्यवस्था ल्याउनेछु । महानगरभित्र बजारभाउमा गरिने मिलेमतो, ठगी र व्यापारीलाई नै हुनसक्ने झन्झट विरुद्ध कारबाही गर्नको लागि नगर प्रहरीसँगको समन्वयमा ‘द्रूत कारवाही बल’ को गठन गर्नेछु । स्थानीय प्रहरी प्रणालीमै लैंगिक हिंसाका मुद्धा हेर्ने छुट्टै संरचना निर्माण गरी महिलाको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नेछु । म काठमाडौंमा मेट्रो र मोनो रेल कुदाउन आएकी होइन, म त प्रत्येक पाईलामा रहेको खाल्टा खुल्टी पुर्न आएकी हुँ ।

‘सुन्दर सम्मुनत महानगरपालिका बनाउन मेरो उम्मेदवारी’

अम्बिका मूडवरी भरतपुर महानगरपालिका, (देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल)

भरतपुर महानगरपालिका विकासको प्रचुर सम्भावना बोकेको महानगरपालिका भित्र पर्छ ।

यो महानगरपालिकालाई सुन्दरनगर बनाउनका निम्ती हामीले थुप्रै योजनाहरु कोरेका छौ‌ । हिजो जिल्ला विकास समितिको प्रतिनिधी भएर, सामाजिक संघसंस्थाहरुको प्रतिनिधित्व गरेर आउँदै गर्दा यहाँ जतिपनि विकृती, विसङ्गती देखें,  त्यसलाई परिवर्तन गरेर सुन्दर,  सम्मुनत महानगरपालिका बनाउनका निम्ती मेरो उम्मेदवारी हो । चितवन जिल्लालाई स्वास्थ्यको क्षेत्रमा एउटा रिफ्रेन्स सेन्टरको रुपमा लान सकिन्छ ।

शिक्षाको हिसाबमा पनि याे महानगरपालिकालाइ एउटा रिसर्च सेन्टरको रुपमा विकास गर्न सकिने हामीसँग योजनाहरु छन् । महानगरपालिका भित्र रहेको एयरपोर्ट व्यवस्थित गर्ने पनि याेजना छ । हिजो चितवन जिल्लाको गुरुयोजना निर्माणमा स्वास्थ्य संयोजकको भूमिका मैले जसरी निर्वाह गरे, त्यो खाका चितवन जिल्लाका जनताको सरल र सहज पहुँच निर्माणका उपयाेगी देखेका छाै‍ । यसलाइ लागू गर्ने योजना हामीले अघि सारेका छौ ।

म महानगरपालिकाका हरेक जनताको घरदैलोमा पुगेको छु । जनताका हरेक समस्याहरुमा, महिला उत्पीडनका मुद्धाहरु बुझेको छु । दलितका हक, नागरिकता सिफारिस, आमाका नामबाट नागरिकता दिलाउने सवालमा अग्रसर हुन्छु । सुकुम्बासी बस्तीहरुमा विजुली बाल्न पाउने अधिकारबाट समेत बञ्चित गरिएका सवालहरुमा हिजो देखि नै निरन्तर सहकार्य गरेर सामाजिक सेवाका हिसावले काम गरेको छु । याे हिसावले पनि मेरो जितको सुनिश्चितता भएकाे अनुभव गरेको छु ।

व्यवस्थित शहरको रुपमा विकास गर्छु

सिर्जना रुवाली
भरतपुर महानगरपालिका, मेयर उम्मेदवार (माले)

मेरो एजेन्डा भरतपुर महानगरपालिकालाई व्यवस्थित शहरको रुपमा विकास गर्ने हो । यसका साथै स्वास्थ्य क्षेत्रको विकासका लागि भरतपुर अस्पताललाई मेडिकल कलेजको रुपमा व्यवस्थित गर्नेछु । यस क्षेत्रमा पर्यटन विकासका लागि विशेष गुरु योजना ल्याउनेछु । अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने मेरो योजना छ । यातयात क्षेत्रमा सुधार ल्याउँदै भरतपुर एयरर्पोटलाई विशेष सुधार गर्नेछु । भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्नेछु । करको दायर बढाउने मेरो लक्ष्य छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: