चाहियो हाम्रा समस्या बुझ्ने जनप्रतिनिधिः वृद्धा महिला


प्रकाशित मिति :2017-05-11 15:01:39

सर्मिला बुढाथोकी 

दोलखा । जिरी नगरपालिकाकी ८० वर्षिया वृद्धा कुमारीमाया तामाङ द्वन्द्वका बेला अपाङ्ग भएको छोरा कृष्णबहादुर घिसिङको सहयोगको लागि सदरमुकाम चरिकोटमा बस्दै आएकी छन् ।

०७४ वैशाख ३१ मा स्थानीय तहको निर्वाचन हुने थाहा पाएकी कुमारीमाया मतदान गर्न गाउँ जाने तयारीमा छिन् । वृद्धा अवस्थाका सबैजनालाई भत्ता दिने जनप्रतिनिधि निर्वाचित भए सबै वृद्धवृद्धाको उचित सम्मान हुने उनको धारणा छ । अबका निर्वाचित जनप्रतिनिधीले अपाङ्गमैत्री सडक निर्माणलाई पनि प्राथामिकतामा राख्नुपर्ने उनी बताउँछिन् । भन्छिन्, ‘मेरो छोरा जस्ता थुप्रै अपाङ्गहरु छन्, उनीहरुको हेरचाह गर्न सक्नेले चुनाव जितोस्, मेरो आशिर्वाद छ ।’

दोलखा भीमेश्वर नगरपालिकाकी मखमली रोक्काको पनि निर्वाचित हुने जनप्रतिनिधिसँग केही अपेक्षा रहेका छन् । आर्थिक अवस्था कमजोर भएका कारण सडक पेटीमा बसेर फलफुल व्यापार गर्दे आएकी मखमलीले अशिक्षित भएपनि आफ्ना सन्तानलाई भने पढाएकी छिन् । ‘छोराछोरीलाई जेनतेन पढाएँ तर, योग्यता अनुसारको रोजगारी पाएको छैन’, मखमली भन्छिन्,‘अबका निर्वाचित प्रतिनिधीले स्थानीय स्तरमा उद्योग, कलकारखानाको विकास गरी योग्यता अनुसारको सबैलाई रोजगारी दिन सकुन् ।’

कालिञ्चोक गाउँपालिकाकी कालिकादेवी सेढाई पनि मतदानको लागि उत्साहित छिन् । केही समयअघि घाँस काट्न जाँदा रुखबाट लडेर गम्भीर घाइते हुँदा राजनीतिक दलका नेता कार्यकर्ताले आफूलाई पुर्नजन्म दिएको उनी सम्झिन्छिन् । भन्छिन्, ‘त्यो गुण तिर्नको लागि पनि मैले भोट हाल्नैपर्छ । आफूलाई मर्का पर्दा सहयोग गर्नेलाई भोट नदिए मतको के काम ?’ आफू गरिब भएकाले सहयोग पाउँदै आएको बताउने कालिका आफू जस्ता विपन्न नागरिकको लागि नीतिगत रुपमा सहयोग गर्ने र स्थानीय स्तरमा काम गर्नसक्ने नेता आवश्यक भएको बताउँछिन् ।

भीमेश्वर नगरपालिका वडा नं ३ तार्थलीकी वृद्धा कृष्णकुमारी राउत लामोसमय देखी जनप्रतिनिधि नहुँदा सर्वसाधारणले आफ्नो अधिकार पाउन नसकेको मान्छिन् । उनका अनुसार अब निर्वाचित हुने जनप्रतिनिधिले वृद्धवृद्धा, महिला, विपन्नको लागि राम्रो कार्यक्रम ल्याउनु जरुरी छ । ‘अहिले गाँउगाँउमा बाटो पुगेको छ, बिजुली छ’, उनी भन्छिन्, ‘अब गाँउका सबैलाई आम्दानीको बाटो देखाउने जनप्रतिनिधि चाहिएको छ ।’

झण्डै दुई दशकपछि हुन लागेको स्थानीय निर्वाचनमा मतदान गर्न दोलखाका वृद्धा, युवा युवती लगायत आम महिलाहरु निक्कै उत्साहित देखिएका छन् । निर्वाचन भएपछि गाउँमा विकासका गतिविधी हुने, महिला बालबालिका, अपाङ्ग, वृद्धवृद्धाहरुको हक हितका लागि निर्वाचित जनप्रतिनिधीले आफूहरुको अपेक्षा अनुसार काम गर्ने भएकाले निर्वाचनमा मतदान गर्न उत्साहित भएको महिलाहरुको भनाई छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: