दोलखाका उपमेयर उम्मेदवार महिलाका चुनावी एजेन्डा


प्रकाशित मिति :2017-05-11 15:36:59

सर्मिला बुढाथोकी

दोलखा जिल्लाका दुई वटा नगरपालिकामा पाँच जना महिलाले उपमेयरमा उम्मेदवारी दिएका छन् । भीमेश्वर नगरपालिकामा नेकपा एमालेका कमला बस्नेत र नेकपा माओवादी केन्द्र कमला कार्कीलाइ महिला उम्मेदवार बनाएका छन् । जिरी नगरपालिकामा भने नेपाली काँग्रेसका लिलामाया जिरेल, नेकपा एमालेका कृष्णकुमारी बुढाथोकी र माअाेवादी केन्द्रबाट चित्रमाया दाहाल उपमेयरमा भिड्दैछन् ।     चुनावी प्रचारमा सक्रिय उपमेयरका उम्मेदवार महिलाका चुनावी एजेन्डा यस्ता छन् –

 

 

‘भीमेश्वरलाई आर्थिक सम्मुनत नगर बनाउँछु’

कमला वस्नेत, भीमेश्वर नगरपालिका, नेकपा एमाले

पर्यटकीय नगर भीमेश्वरको विकासलाई अझ समृद्ध बनाउने मेरो योजना छ । यस नगरपालिकामा शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार, विद्युत, सडक सञ्जाल जस्ता कुराको विकास तथा विस्तार गर्दै पर्यटकीय केन्द्रको रुपमा स्थापित गर्ने र आर्थिक रुपमा समुन्नत बनाउने छु ।

म राजनीतिक रुपमा महिलालाई स्थापित गर्न समेत सक्रिय रहने छु । किनभने अहिले पनि महिलाहरु राजनीतिक तथा आर्थिक रुपमा पछि परेका छन् । त्यसैले महिलालाई व्यवसायीक बनाउने र शैक्षिक अवसर प्रदान गर्ने मेरो मुख्य लक्ष्य रहने छ ।

‘भीमेश्वर नगरपालिकाको समृद्धिको लागि मेरो उम्मेदवारी’

कमला कार्की, भीमेश्वर नगरपालिका, नेकपा माओवादी केन्द्र

मेरो उम्मेदवारी महिला सक्रियता र सामाजिक विकासको लागि नै हो । भीमेश्वर नगरपालिकामा आर्थिक स्रोतहरु धेरै छन् । धार्मिक स्थलहरु, प्राकृतिक सुन्दरता छ जसलाई व्यवस्थापन गरेर आर्थिक उर्पाजन गर्न सकिन्छ । मेरो उम्मेदवारी भीमेश्वर नगरपालिकाको विकास र समृद्धिको लागि हो ।

हाम्रो देशमा राजनीतिक एवं सामाजिक अभियानको लागि महिलाको सक्रियता आवश्यक छ । त्यसैले म महिलालाई राजनीतिक सक्रियताको लागि प्रेरित गर्ने छु । र नगरपालिका मार्फत महिलाको आर्थिक उन्नतिको लागि नयाँ योजना निर्माण र कार्यान्वयनमा जोड दिने छु ।

‘महिलालाई आत्मनिर्भर र सक्षम बनाउँछु’


लिलामाया जिरेल, जिरी नगरपालिका, नेपाली काँग्रेस

मेरो भुगोलमा महिलाहरुको दुःख पीडाको कारण मैले बुझेको छु । आर्थिक, सामाजिक राजनीतिक सबै क्षेत्रमा पछाडी परेका महिलाहरुको शसक्तिकरणको लागि मेरो उम्मेवारी हो ।
म मेरो नगरमा हरेक महिलालाई राजनीतिक चेतनाको हिसाबले सक्षम बनाउने छु, हरेक महिलालाई व्यवसायीक बनाउने छु र आत्मर्निभर बनाउने छु । र नेपालको स्वीटजरल्याण्ड भनेर चिनिने जिरी नगरपालिकालाई आन्तरीक एवं बाह्र पर्यटकको केन्द्र बनाउने छु ।

‘जिरीलाई व्यवस्थित सहर बनाउन केन्द्रित हुन्छु’


कृष्णकुमारी बुढाथोकी, जिरी नगरपालिका, नेकपा एमाले

जिरी नगरपालिकामा विभिन्न जातजातिका महिला रहेका छन् । उनीहरु राजनीतिक तथा आर्थिक रुपमा समेत पछाडि परेका छन् । मेरो मुख्य उदेश्य उनीहरुलाई राजनीतिक तथा आर्थिक रुपमा सक्षम बनाउनुमा केन्द्रित रहने छ ।

पर्यटकीय नगरी जिरीलाई समुन्नत जिरी नगर बनाउन व्यवस्थित सहरीकरण, स्तरीय सडक निर्माण, ढल, खानेपानी, विद्युत तथा सञ्चारको प्रभावकारी विकास जरुरी छ । त्यस्तै शैक्षिक गन्तव्य बनाउनको लागि विभिन्न विषयका शैक्षिक संस्था स्थापना र दोलखाको जिल्ला अस्पताल जिरी अस्पतालको स्तरोन्नती पनि मेरो मुख्य उदेश्य रहने छ । म महिलालाई राजनीतिक रुपमा स्थापित गर्न उनीहरुको शैक्षिक तथा आर्थिक उन्नतीको बाटो पहिल्याउने कुरामा समेत सक्रिय रहने छु ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: