भरतपुर महानगरकाे उपमेयर उम्मेदवार महिलाका चुनावी एजेन्डा


प्रकाशित मिति :2017-05-11 18:11:40

महिला खबर 

भरतपुर महानरपालिकामा विभिन्न राजनीतिक दलबाट ९ जना महिलाले उपमेयरमा उम्मेदवारी दिएका छन् । नेपाली काँग्रेसबाट पार्वती शाह, नेकपा एमालेबाट दिव्या शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रीना गुरुङ, नयाँ शक्ति (संघीय समाजवादी) बाट शारदा घिमिरे, उमादेवी शर्मा राष्ट्रिय जनमोर्चा, कोपिला गौतम लामिछाने नेपाल परिवार दल, निरु कार्की मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक), निर्मला आले मगर राष्ट्रिय जनमुक्ति र सुन्दरी वि.क स्वतन्त्रबाट उपमेयरकाे दौडमा छन् । उनीहरुका चुनावी एजेन्डा यस्ता छन् –

‘विकास निर्माणमा जोड दिन्छु’

पार्वती शाह, कांग्रेस

– म महिला त्यसमा पनि युवालाई प्रतिनिधित्व गर्छु र लामो समयदेखीे राजनीतिमा सक्रिय छु । मेरोे अनुभवमा विकास निर्माणमा अघि बढ्न सके अन्य क्षेत्रकोे पनि विकास गर्न सहज हुन्छ । त्यसैले मेरो प्राथमिकता भनेको महानगरपालिकाको विकास निर्माण हो । महानगरमा मेयर उपमेयरमा महिला नै आउने सम्भावना बढी भएकोले काम गर्ने सहज हुने विश्वास छ । दुवै पद हामी दुई (रेणु दाहाल) ले जित्यौं भने विकास निर्माणले अवश्य गति लिनेछ ।

‘सुकुम्बासीलाई लाजपुर्जा वितरण गर्छु’

दिव्या शर्मा, एमाले

भरतपुरमा चालीस प्रतिशत सुकुम्बासीको बसोवास छ । आगामी ५ वर्षमा उनीहरुलाई लाजपुर्जा वितरण गरेर यस महानगरलाई सुकुम्बासीरहित महानगरपालिका बनाउने छु । गरिब वर्गलाई परिचय पत्र वितरण गरी विद्यालय, यातायत र अस्पतालमा निःशुल्क सुविधा प्रदान गर्ने छु । साथै समतामूलक समाजको निमार्ण गर्ने सङकल्प गरेकी छु । भरतपुर महानरपालिकालाई हिंसारहित महानगर बनाउने छु ।

‘उज्यालो भरतपुर बनाउँछु’

रीना गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टी

भरतपुरलाई उज्यालो महानगर बनाउँछु । चौबिसै घण्टा महानगरका प्रत्येक क्षेत्र झिलिमिली बनाउने मेरो योजना छ । नगरमा चक्रपथ र मेट्रो रेल बनाउन सकिन्छ भनेर मैले घोषणपत्रमा पनि उल्लेख गरेकी छु । सरकारी कार्यालयमा जे काम गर्दा पनि लाइन बस्नुपर्ने समस्यालाई समाधान गर्नेे सबै सरकारी कार्यालयलाई अनलाईन रुपान्तरण गर्ने योजना हो ।

‘स्मार्ट महानगरपालिका बनाउँछु’

शारदा घिमिरे, नयाँशक्ति

स्मार्ट महानगरपालिका बनाउने मेरो योजना हो । त्यसमा स्मार्ट पूर्वधार, जीवनशैली, अर्थतन्त्र, समाज र स्मार्ट स्थानीय सरकार बनाउने हो । समग्रमा भन्नुपर्दा व्यवसायीक कृषि, गुणस्तरीय सेवा, सुरक्षित समाज, कानुनी, शासन, निरोगी जनता, सुलभ स्वास्थ्य सेवा, आधुनिक शिक्षा र पारदर्शी उत्तरदायित्व सेवा दिने मेरो योजना छ ।

‘स्वच्छ महानगरपालिका बनाउने छु’
उमादेवी शर्मा, राष्ट्रिय जनमोर्चा

मानिसलाई बाँच्नका लागि सबैभन्दा पहिला स्वच्छ वातारण नै आवश्यक हुन्छ । त्यसैले मैले महानगरलाई स्वच्छ, सफा नगर बनाउनका लागि विभिन्न वातावरणमैत्री कार्यक्रम ल्याउँछु । महानगरका सबै घरघरमा शुद्घ खानेपानीको पु¥याउने व्यवस्था गर्ने छु । महानगरका जनतालाई शिक्षित र स्वस्थ्य बनाउन बजेट छुट्यााउने छु ।

‘रोजगारमुलक कार्यक्रम ल्याउँछु’
कोपिला गौतम लामिछाने, नेपाल परिवार दल

धेरै युवा वर्ग रोजगार नपाउँदा विदेशमा कष्टपूर्ण काम गर्ने बाध्य छन् । त्यसैले बेरोजगारी समस्या समाधानका लागि रोजगारमुलक कार्यक्रम ल्याउने मेरो पहिलो प्राथमिकता हो । महानगरमा बसोबास गर्ने सुकुम्बासीहरुलाई लालपुर्जा वितरण गर्नुका साथै उनीहरुलाई खानेपानी र बिजुलीको व्यवस्था गर्ने छु ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: