पोखरा महानगरपालिकाका उपमेयर उम्मेदवार महिलाका एजेण्डा


प्रकाशित मिति :2017-05-11 19:32:20

महिला खबर

काठमाडौं । पोखरा लेखनाथ महानगरपालिकामा विभिन्न राजनीतिक दलबाट ५ जना महिलाले उपमेयरमा उम्मेदवारी दिएका छन् । नेपाली काँग्रेसबाट सरस्वती गुरुङ, नेकपा एमालेबाट मन्जु गुरुङ, माओवादी केन्दबाट गोमा ढकाल, नयाँ शक्तिबाट लक्ष्मी खाती र अखण्ड पार्टी नेपालबाट गोमा कुमारी रायमाझी महानगरको उपमेयर जित्ने दौडमा छन् ।

यस्ता छन्, उनीहरुका चुनावी एजेन्डा यस्ता छन्–

‘अनाथ र सडक बालबालिकाका लागि काम गर्ने छु’

सरस्वती गुरुङ, नेपाली काँग्रेस

म जनताको सेवा गर्न आएकी हँु । त्यसैले यदि मेरो जित भयो भने उपमेयर भएर पाउने तलब म लिनेछैन । त्यो रकम बालबालिका पढाउनको लागि खर्च गर्नेछु । सडक बालबालिका र अनाथको लागि एउटा घर बनाएर पढाउने छु । शिक्षा भयो भने मात्र चेतना र रोजगारको ढोका खुल्छ । त्यसैले, मैले शिक्षा र स्वास्थ्यमा जोड दिएकी छु ।

प्रविधिमा जनताको पहुँच, नागरिक सहभागिता, प्रविधिमैत्री सुशासन, गतिशील सहर, फोहोरको पुनप्र्रयोग, खानेपानी र सरसफाइ, पर्याप्त उर्जा वितरण, चौबिसै घण्टा सार्वजनिक यातायात, कृषि, पर्यटन, स्वास्थ्य र महिला सशक्तिकरण मेरो प्राथमिकतामा छन् ।

‘अन्तराष्ट्रिय पर्यटकीय राजधानी बनाउने छु’

मन्जुदेवी गुरुङ, नेकपा एमाले

धेरै कुरा त मैले पार्टीको घोषणापत्रमा समावेश भएका विषयलाई कार्यान्वयनमा ल्याउन जोड दिनेछु । त्यसबाहेक यस महानगरको प्राकृतिक, धार्मिक, र साँस्कृतिक विशेषता र सम्पदाको संरक्षण र प्रवद्र्धन गरी महानगरलाई अन्तर्राष्ट्रिय पर्यटकीय राजधानी बनाउनेछु ।

शिक्षा, स्वास्थ्य र रोजगारको व्यवस्था गर्नेछु । सबैभन्दा पहिले त हिंसारहित, भष्ट्राचारमुक्त र विभेद रहित समाजको निर्माण गर्न पहल गर्नेछु । जेष्ठ नागरिकका लागि ५ हजार रुपैयाँ भत्ता दिने व्यवस्था गर्नेछु । संविधानमा महिला सम्बन्धी बनेका कानुनलाई कार्यान्वय गर्न पनि मेरो उम्मेदवारी हो ।

‘पर्यटकीय नगर बनाउँछु’

गोमा ढकाल, माओवादी केन्द्र

पोखरा पर्यटकीय सम्भावनाको खानी भएको नगर हो । त्यसैले यसलाई पर्यटकीय नगर बनाउनेछु ।

यो महानगरपालिका भएता पनि बाटो, खानेपानी, स्वास्थ्य र शिक्षावाट धेरै मानिसहरु वन्चित छन् । यी समस्या सामाधान गर्नका लागि विशेष बजेट ल्याउने छु । यहाँ धेरै सडक तथा अनाथ बालबालिका विद्यालय जानवाट वन्चित छन् उनीहरुका लागि पठनपाठनको व्यवस्था मिलाउनेछु ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: