हेटौंडा उपमहानगरमा उपमेयर महिला उम्मेदवारका एजेण्डा


प्रकाशित मिति :2017-05-11 22:31:23

महिला खबर


काठमाडौं 
। यही बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि प्रदेश नम्बर ३ को एक मात्र उपमहानगरपालिका हटौंडामा चुनावी सरगर्मी छाएको छ । हेटौंडा उपमहानगरपाकिलामा उपमेयरका लागि २ महिलाले उम्मेदवारी दिएका छन् । नेकपा (एमाले) बाट मीना लामा र राप्रपाबाट इन्दिरा न्यौपानेले उम्मेदवारी दिएका हुन् ।

यस्ता छन् यी उपमेयरका एजेन्डाहरु-

‘महिलामैत्री उपमहानगरपालिका बनाउँछु’

मीना लामा, उपमेयर हेटौंडा उपमहानगरपालिका (एमाले)

मेरो एजेन्डा हेटौंडालाई शैक्षिक र पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नु हो । यहाँका स्मारकहरुलाई व्यवस्थित गरी अन्र्तराष्ट्रिय स्तरमा चिनाउनेछु । दुई नम्बर प्रदेशको गन्तव्य स्थलको रुपमा रहेको सुरुङ मार्ग निर्माणमा विशेष ध्यान दिनेछु । हेटौंडालाई व्यवस्थित र सुरक्षित शहरको रुपमा विकास गर्ने मेरो उदेश्य हो । नगर बसको व्यवस्था गरेर यातयात क्षेत्रमा पनि सुधार ल्याउनेछु ।

युवालाई रोजगारी, व्यवसायिक कृषि, पशुपालनमा जोड दिनेछु । आर्थिक समृद्धिका लागि युवा स्वरोजगारको व्यवस्था गर्नेछु । हेटौंडा उपमहानगरपालिकामा वातावरण संरक्षणका कार्यक्रमहरु सञ्चालन गर्नेछु । यस क्षेत्रमा खेलकुद विकासका लागि विशेष कार्यक्रमहरु ल्याउनेछु । भूकम्प पीडितको व्यवस्थापन गर्न विशेष राहतको व्यवस्था गर्नेछु । हेटौंडालाई प्रादेशिक राजधानी बनाउने, बन्द हड्ताललाई निरुत्साहित र अतिक्रमणमा रहेका जग्गालाई सार्वजनिक हितका लागि उपयोग गर्नेछु । यहाँका महिलाहरुलाई सशक्तिकरण गर्ने, सीपमूलक क्षमताको विकास गर्नेछु ।

इन्दिरा न्यौपाने, उपमेयर हेटौंडा उपमहानगरपालिका (राप्रपा)

महिलाको क्षमता विकासमा विशेष योजना ल्याउनेछु

हेटौंडालाई समृद्ध बनाउँदै सुशासन कायम राख्ने मेरो एजेन्डा हो । उपमहानगरपालिकाका जनतालाई एक घर एक रोजगारीको व्यवस्था गर्नेछु । यस्तै, निःशुल्क शिक्षाको व्यवस्था, महिलाको क्षमता विकासमा विशेष योजनाहरु ल्याउनेछु । कृषिलाई यान्त्रिकरण गर्दै बजारीकरण गर्नेछु । युवा स्वरोजगारका कार्यक्रमहरु ल्याउनेछु ।

महिलाहरुका लागि मैले छुटै योजना ल्याएर काम गर्नेछु । एकल, असहाय महिलाका लागि स्वरोजगारीका कार्यक्रमहरु ल्याउनेछु । उपमहानगरमा देखिएको खानेपानी समस्या समाधान गर्नेछु ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: