मतदाता परिचयपत्र लिन तीन दिनको समय


प्रकाशित मिति :2017-05-11 21:51:42

काठमाडौं । निर्वाचन आयोगले मतदाता परिचयपत्र लिन तीन दिनको समय दिएको छ । आयोगले वैशाख २८, २९ र ३० गतेभित्र मतदाता परिचयपत्र लिनुपर्ने बताएको छ ।

आयोगले दिएको सूचनाका अनुसार सर्वसाधारण लगायत अपांगता भएका महिला, सुत्केरी, बिरामी, अशक्त तथा वृद्धवृद्धालाई पनि तीन दिनभित्रै कार्यालयमा जानुपर्ने देखिएको छ । तर, आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने सो अवधिमा विभिन्न कारणले परिचयपत्र लिन नपाउनेलाई सम्बन्धित निर्वाचन अधिकृत तथा स्थानीय प्रतिनिधिहरुको समन्वयमा निर्वाचनकै दिन दिने व्यवस्था गर्न सकिने बताउनुभयो ।

‘तीन दिनमा परिचयपत्र लिइसक्ने कुरा छ । हामीसँग जनशक्ति नभएकोले विशेष परिस्थितीमा मात्र यसलाई मतदानकै दिन दिने व्यवस्था गर्न सकिन्छ, यसको लागि निर्वाचनमा खटेका प्रतिनिधि र जनप्रतिनिधिले काम गर्न सक्छन्’, उहाँले भन्नुभयो ।

यसैबिच, निर्वाचन आयोगले आज रातिदेखि ‘मौन अवधि’ सुरु हुने बताएको छ । वैशाख ३१ मा हुने स्थानीय तह निर्वाचनका लागि मौन अवधि सुरु भएको हो ।

बुधबार एक सुचना जारी गर्दै आयोगले स्थानीय तह निर्वाचन निर्देशिका २०७३ को दफा ६९ मा मौन अवधिमा प्रचार गर्न निषेध गरिएको जानकारी दिएको छ । ‘निर्वाचन निर्देशिकाको दफा ७० को उपदफा (१) अनुसार मतदान हुने दिनभन्दा ४८ घन्टा अघिदेखि मतदानको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नर्गने उदेश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुुस निकाल्न वा नाराबजी गर्न तथा अन्य कुनै प्रकारले प्रचार÷प्रसार गर्न वा गराउन निषेध गरिएको छ’, सुचनामा उल्लेख छ ।

मौन अवधिमा एस।एम।एस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रचार प्रसार गर्न नपाइने निर्वाचन आयोगको आचारसंहितमा उल्लेख छ । यस्तै, सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार(प्रसार गर्न समेत पाइनेछैन । मतदानको ४८ घण्टाअघिदेखि शुरु हुने मौन अवधिको आचारसंहिता उम्मेदवार र राजनीतिक दल लगायत सर्वसाधारणलाइ समेत लागू हुने आयोगले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: