राष्ट्रपति भण्डारी पाँच दिने विदेश भ्रमणमा


प्रकाशित मिति :2017-05-12 10:52:47

-महिला खबर –

काठमाडौं । राष्ट्रपति विद्यादेवी  भण्डारी पाँच दिने विदेश भ्रमणका लागि आज थाइल्याण्ड र श्रीलंका भ्रमणमा जानुभएको छ ।

राष्ट्रपति भण्डारी आज बिहान १०ः१५ बजे थाइल्याण्डको बैङ्ककतर्फ प्रस्थान गर्नुभएको हो ।

बैंककमा भण्डारीले स्व. थाई राजा भूमिबल अब्दुल्यादेजको पार्थिव शरीरमा माल्यार्पण गर्दै श्रद्धान्जली व्यक्त गर्नुहुनेछ । थाई राजा भूमिबलको गत वर्ष असोज २७ गते निधन भएको थियो ।

बैंककपछि राष्ट्रपति भण्डारी श्रीलङ्काका  जाने कार्यक्रम रहेको छ । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको औपचारिक निमन्त्रणामा उहाँ श्रीलङ्का जान लाग्नुभएको हो ।

यस्तै बुद्धजयन्तीको अवसरमा क्याण्डीमा आयोजित सम्मेलनको समापन समारोहमा प्रमुख अतिथिको रुपमा भण्डारी सहभागी हुने कार्यक्रम छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्टकक्षमा उहाँलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्ती, मन्त्रिगणलगायत उच्चअधिकारीले बिदाइ गर्नुभयो । सो अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिलाई २१ तोपको सलामी पनि अर्पण गरेको थियो ।  राष्ट्रपति भण्डारी आगामी जेठ २ गते स्वदेश फर्कनुहुने छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: