मतदान गर्ने तरिका नजान्दा अन्यौलमा रामेछापका मतदाता


प्रकाशित मिति :2017-05-12 11:31:38

अप्रिल अधिकारी

 

रामेछाप । आइतबार हुने स्थानीय तह निर्वाचनमा कसरी मतदान गर्ने भन्नेबारे रामेछापमा धेरै मतदाता अन्यौलमा छन् । यहाँका ग्रामिण भेगका महिला र जेष्ठ नागरिकहरुलाई मतदान गर्ने तरिकाबारे अन्यौल रहेको हो ।

लिखु गाउपालिका ६, कि यमकुमारी श्रेष्ठ अझै पनि आफुलाई भोट कसरी हाल्ने भन्ने कुरा थाहा नै नभएको बताउनु भयो । ‘सबै जना भोट हाल्नु पर्छ, भोट दिनुस भन्दै माग्न आए’ उहाँले भन्नुभयो – तर, अहिले सम्म कोही यसरी भोट हाल्नु पर्छ भनेर सिकाउन कोही आएनन् ।

मतदान गर्ने तरिकाबारे पर्याप्त जानकारी नहुँदा आफ्नो मताधिकारलाई सही सदुपयोग गर्न सक्ने मतदाताको संख्या न्युन रहेको छ । मतदाता शिक्षाको अभावमा स्थानीय तहको निर्वाचनमा मत अत्यधिक बदर हुने संभावना पनि उतिकै चुलिएको छ ।

जिल्लामा निर्वाचन लक्षित गरी संचालन गरिएको मतदाता शिक्षा कार्यक्रमले सबै मतदातालाई समेट्न सकेको छैन । जिल्लामा मतदाता शिक्षा कार्यक्रम चलिरहेको भएता पनि मत खसाल्ने प्रक्रियामा धेरैमा अन्यौलता कायम नै छ । जिल्ला निर्वाचन कार्यालय रामेछापले चुनाव लक्षित गरी मतदाता शिक्षाका लागि जनशक्ति परिचालन गरेता पनि त्यो जनशक्तिले आश लाग्दो काम गर्न नसकेको सर्वसाधारणहरु बताउछन् ।

अहिलेको मतदाता शिक्षा पर्याप्त नभएको लिखु गाउपालिका ६ का जीवन प्रसाद दाहालले बताउनुभयो । उहाँले निर्वाचनले परिचालन गरेको कर्मचारी टोलमा मात्र पुगेर केही मतदाता जम्मा गरेर मतदाता शिक्षा कार्यक्रम चलाए पनि घर घरमा पुग्न नसकेको दाहालले बताउनुभयो ।

दलका नेता तथा कार्यकर्ता परिचालन गरेर सिकाउन सके जनताको मत सही तरिकाले पर्ने दाहालको भनाई छ । जिल्ला निर्वाचन कार्यलयले निर्वाचन शिक्षा कार्यकर्ता तथा सामाजिक परिचालकका रुपमा काम गर्दै आएका ४९ जना, पुर्व प्राथमिक शिक्षक ९५ जना र सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका २६ जना गरी कुल १ सय ७० जनालाई मतदाता शिक्षाका लागि परिचालन गरेको छ ।

उनीहरुले गाउँ गाउँमा पुगेर बदर मत न्युन गर्न मतदान गर्ने विधिका बारेमा सिकाउने, मतदानमा जान प्रेरित गर्ने, निर्वाचन आचार संहिताका बारेमा जानकारी गराउने र हाम्रो हैन राम्रो उमेदवार छान्नुस् भनेर सर्वसाधारणलाई सचेत गराउने काम गर्ने जिल्ला निर्वाचन कार्यलय रामेछापका प्रमुख कपिल प्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: