आचारसंहिता विपरीत समाचार सम्प्रेषण नगर्न काउन्सिलको आग्रह


प्रकाशित मिति :2017-05-12 13:29:00

-महिला खबर-

काठमाडौं । प्रेस काउन्सिल नेपालले निर्वाचनका समयमा आचारसंहिता विपरीतका समाचारहरु प्रकाशन, प्रसारण नगर्न आग्रह गरेको छ ।

काउन्सिलका सूचना अधिकारी दीपक खनालले बिहिबार एक प्रेस विज्ञप्ती जारी गर्दै निर्वाचनको समयमा समाचार सम्पेषण गर्दा संवेदनशील र सन्तुलित हुन समेत आग्रह गर्नुभएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘कतिपय पत्रकारले आफ्नो पेशागत मर्यादा भुलेर सामाजिक सञ्जाल जस्तै (फेसबुक) आदि मार्फत यो वा त्यो पार्टी तथा पार्टीको उम्मेदवारको प्रचारमा लागेको, मत मागेको, लाइक वा कमेन्ट वा शेयर गरेको, मिथ्यापूर्ण सामाग्री अपलोड गरेको पाइएको छ । अरुलाई सही मार्गप्रशस्त गर्न तटस्थ र निष्पक्ष भूमिकामा रहनुपर्ने पत्रकारिता जस्तो महत्वपूर्ण पेशामा आवद्ध पत्रकारहरु यति महत्वपूर्ण ऐतिहासिक सन्दर्भमा थप मर्यादित, जिम्मेवारी र उत्तरदायी हुनैपर्दछ ।’

संङघीय नेपालको इतिहासमा पहिलोचोटि यही वैशाख ३१ गते ३, ४ र ६ नं. प्रदेशमा हुने स्थानीय तहको निर्वाचनको दिन जति नजिकिँदैछ, त्यति नै पत्रकार तथा निर्वाचन आचारसंहिता विपरीतका घटनाक्रम बढ्दै गएको काउन्सिलले बताएको छ ।

यस्तै, बिहिबार राति १२ बजेदेखि सुरु भएको मौन अवधिमा सम्पूर्ण पत्रकार र आमसञ्चार माध्यमलाई पत्रकार र निर्वाचन आचार संहिता पालना गर्न समेत काउन्सिलले आग्रह गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: