डडेलल्धुरामा सुरक्षित गर्भपतन गराउने महिलाको संख्या बढ्याे


प्रकाशित मिति :2017-05-12 13:12:35

बन्दना बम

डडेल्धुरा । जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेहरुको संख्यामा वृद्धि भएको छ । गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षको हालसम्मको तथ्याङ्क हेर्दा सुरक्षित गर्भपतन सेवा लिनेहरुको संख्यामा बृद्धि भएको हो ।

डडेल्धुरा जिल्लामा गएको ७ महिनाको अवधिमा दुई सय ५० महिलाले सुरक्षित गर्भपतन सेवा लिएको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका स्वास्थ्य प्रमूख बृषबहादुर शाहीले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७२÷०७३ को साउनदेखि माघ महिनासम्म डडेल्धुराका २ सय ३४ जना महिलाले सो सेवा लिएका हुन् । जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका अनुसार गत आर्थिक वर्षमा डडेल्धुराका १ सय ९९ जना महिलाहरुले सुरक्षित गर्भपतन सेवा लिएका थिए ।

जनमानसमा चेतना जागेसँगै सुरक्षित गर्भपतन गराउने महिलाहरुको संख्यामा बृद्धि भएको उहाँको भनाई छ । जनचेतना अभाव तथा लजाउने लगायतका कारणले विगतका बर्षहरुमा असुरक्षित गर्भपतन गर्दा महिलाको स्वास्थ्यमा थप असर पर्ने गरेको थियो ।

डडेल्धुरा जिल्लाका ३ स्वास्थ्य संस्थाबाट प्रदान गरिएको तथ्याङ्क अनुसार जिल्लाभरका २ सय ३४ जना महिलाले सेवा लिएका हुन् । उप–क्षेत्रीय अस्पताल, मेरी स्टोप्स सेन्टर र जोगबुडा अस्पताल सहित डडेल्धुराका १२ वटा स्वास्थ्य संस्थाहरुले गर्भपतन सेवा उपलब्ध गराउँदै आएको छ । जसमध्ये उप–क्षेत्रीय अस्पताल, मेरी स्टोप्स सेन्टर र जोगबुडा अस्पतालबाट गर्भपतनलाई मात्रै सुरक्षित गर्भपतन सेवा मानिने उहाँले बताउनुभयो । तालिमप्राप्त स्वास्थ्यकर्मीद्वारा सुचिकृत स्वास्थ्य संस्थामा मात्र यो सेवा दिइने गरिन्छ ।

गर्भपतन सेवा लिनेमा अधिकांश १८ देखि ३५ वर्षसम्मका विवाहित र अविवाहित महिलाहरु रहेको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका स्वास्थ्य प्रमूख शाहीले बताए । कानुनले तोकेअनुसार गर्भवतीको स्वेच्छाले ९ हप्ता सम्मको, जबरजस्ती वा हाडनाता करणीबाट बसेको गर्भ भए १८ हप्तासम्मको वा प्रसवको कारण शारिरिक वा मानसिक असर पर्ने भएमा जुनसुकै अवस्थामा भएपनि सुचिकृत स्वास्थ्य संस्थामा गएर गर्भपतन गराउन सकिने प्रावधान रहेको उहाँले जानकारी दिनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: