जबरजस्ती करणी अभियोगमा एक पक्राउ


प्रकाशित मिति :2017-05-12 15:10:16

-महिला खबर-

काठमाडौं । जबरजस्ती करणी अभियोगमा काठमाडौं महानगरपालिका १६ मित्रनगरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

१८ वर्षिया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले सुर्खेत हरिहरपुर ६ घर भएका ४२ वर्षिय दुर्गाबहादुर सुवेदीलाई बिहिबार पक्राउ गरेको हो ।

सुवेदी मित्रनगर स्थित एम.डि.गेष्ट हाउसमा बस्दै आएका थिए । प्रहरीका अनुसार सोही गेष्ट हाउसमा वेटर काम गर्दै आएकी युवतीले आफू कोठा सफा गर्न आएको मौका छोपी सुवेदीले जबरजस्ती गरेकोे बयान दिएकी छन् ।

उक्त होटलका सञ्चालकले कोठा खोल्न लगाउँदा युवती बेहोस अवस्थामा फेला परेकी थिइन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: