मतदाता परिचयपत्र लिँदा मतदान गर्ने तरिका पनि सिक्नुहोस्ः निर्वाचन आयुक्त शर्मा


प्रकाशित मिति :2017-05-12 16:55:06

महिला खबर

काठमाडौं । निर्वाचन आयुक्त इला शर्माले मतदान गर्ने तरिकामा अन्यौल रहे मतदाता परिचयपत्र लिने क्रममा सिक्न आग्रह गर्नुभएको छ।

उहाँले समकोण टेलिभिजन कार्यक्रममा सहभागी भएका सर्वसाधारणहरुको  प्रश्नको जवाफ दिँदै शनिबारसम्म मतदाता परिचयपत्र लिन पाउने र त्यहिबेला मतदान गर्ने सही तरिका पनि सिकाइने जानकारी दिनुभयो । ‘मत हाल्ने तरिकाबारे अलमल छ भने मतपत्र लिने बेलामै सिकेर जानुहोस्,’ उहाँले भन्नुभयो ।

कार्यक्रममा सहभागीहरुले मतदान गर्ने तरिका, मतपत्र पट्याउने तरिका, मतदाता परिचयपत्र कहाँ, कसरी पाइने लगायतका विषयमा प्रश्न गरेका थिए । सो अवसरमा पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले मतदातालाई निर्धक्क रुपमा आफूलाई सही लागेको व्यक्तिलाई मतदान गर्न सुझाउनुभएको थियो ।

काठमाडौं लगायत विभिन्न स्थानका मतदाताहरु सहभागी भएका सो कार्यक्रममा वरिष्ठ पत्रकार कुन्द दीक्षितले मतदाताहरुलाई पूर्वाग्रहबाट प्रभावित नभइ स्थानीय तहको विकास गर्नसक्ने उम्मेदवार चयन गर्न पनि सल्लाह दिनुभएको थियो ।
वैशाख ३१ गते आइतबार ३, ४ र ६ नं प्रदेशका ३४ वटा जिल्लामा स्थानीय तहको निर्वाचन हुँदैछ ।

कार्यक्रम समकोण आज शुक्रबार बेलुकी ९ बजे कान्तिपुर टेलिभिजनबाट प्रशारण हुँदैछ । यसलाई महिलाखबर डटकम र युट्युबबाट पनि हेर्न सक्नुहुनेछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: