महिला मतदाता ढुक्क भएर भोट हाल्नुस्ः आयोग


महिलामैत्री, अपाङ्गमैत्री छ, छैन अवलोकन हुन्छः नियोक

प्रकाशित मिति :2017-05-13 14:37:12

महिला खबर

काठमाडौं । निर्वाचन आयोगले महिला मतदाताहरुलाई मतदान केन्द्रमा गई निर्धक्क भएर भोट हाल्न अनुरोध गरेको छ ।

महिला खबरसँग कुरा गर्दै आयोगका प्रवक्ता सूर्य प्रसाद शर्माले निर्वाचन केन्द्रहरुमा सुरक्षा व्यवस्थालाई महत्व दिइएकोले निर्वाचनमा ढुक्क भएर सहभागी हुन सकिने बताउनुभयो ।

निर्वाचन केन्द्रहरुको सुरक्षा व्यवस्थाबारे जानकारी दिँदै उहाँले खासगरी महिला उम्मेदवार र महिला मतदाताको सुरक्षालाई महत्व दिइएको बताउनुभयो । महिला उम्मेदवार र मतदाताको सुरक्षालाई हामीले महत्वका साथ हेरेका छौं, उहाँहरुलाई सजिलो, सहज र निर्धक्क भएर भोट हाल्न अनुरोध गछौं । ’प्रवक्ता शर्माले भन्नुभयो ।

उहाँले गर्भवती, सुत्केरी तथा फरक क्षमता भएका महिलाहरुलाई भोट हाल्न लाइनमा बस्नु नपर्ने समेत जानकारी दिनुभयो । ‘गर्भवती, सुत्केरी, वृद्घवृद्घा, अशक्त तथा अपाङ्गता भएका व्यक्तिले लाइनमा बस्नुपदैन’, प्रवक्ता शर्माले भन्नुभयो । उहाँले यसका लागि मतदाताहरुले मतदान केन्द्रमा रहेका निर्वाचन अधिकृतलाई आफ्नो अवस्थाबारे जानकारी गराउनुपर्ने उल्लेख गर्नुभयो ।

प्रवक्ता शर्माले वैशाख २८, २९ र ३० गतेभित्र विभिन्न कारणले मतदाता परिचयपत्र लिन नसेकाहरुले निर्वाचनकै दिन दिने व्यवस्था समेत गरिएकोे बताउनुभयो ।

यसैबिच, राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकका महासचिव गोपालकृष्ण सिवाकोटीले आसन्न निर्वाचनमा मतदान केन्द्रहरु महिलामैत्री र अपाङ्गमैत्री भए, नभएको अवलोकन गरिने बताउनु भएको छ ।

‘३४ जिल्लाका मतदान केन्द्र महिलामैत्री, अपाङ्गमैत्री छ, छैन, मतदान केन्द्रमा अपाङ्ग, जेष्ठ नागरिकलाई भोट हाल्न सहज, असहज कस्तो छ, हाम्रा पर्यवेक्षकहरुले अवलोकन गरेर अपडेट गर्नुहुन्छ’, नियोकका महासचिव सिवाकोटीले भन्नुभयो ।

उहाँले महिला, अपाङ्ग, जेष्ठ नागरिक, सुत्केरी, गर्भवती महिला र किरियामा बस्नुपरेकालाई मतदान केन्द्रमा सहयोग गरिएको छ, छैन भन्ने पनि अवलोकन गरिने जानकारी दिनुभयो । ‘मतदान केन्द्रमा रहेका हाम्रा १६ सय पर्यवेक्षकले ३ चरणमा मतदान केन्द्रको सबै सूचना अपडेट गराउनुहुन्छ’, नियोकका महासचिव सिवाकोटीले भन्नुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: