दोलखा जिल्लामा ४ सय ४० महिलाको उम्मेदवारी


प्रकाशित मिति :2017-05-13 18:34:11

सर्मिला बुढाथोकी

दोलखा । जिल्लाको दुई नगरपालिका र सात गाँउपालिकामा विभिन्न पदमा चार सय ४० जना महिलाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिनुभएको छ ।

मुख्य निर्वाचन अधिकृत नेपालका अनुसार जिल्लामा विभिन्न ३ सय ८८ पदको लागि १२ सय ३७ जनाको उम्मेदवारी परेकोमा प्रमुखमा ३ जना, उपप्रमुखमा २१ जना, वडा अध्यक्षमा ५ जना, खुला सदस्यमा ३ जना, महिला सदस्यमा २ सय १५ जना र दलित महिला सदस्यमा १ सय ९३ जना गरी ४ सय ४० जना महिलाको उम्मेदवारी दर्ता भएको हो । त्यसैगरी, तीन दलित महिला निर्विरोध निर्वाचित भएको र दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ९ लाकुरीडाँडामा दलित महिला नभएकोले कुनै पनि दलबाट दलित महिला सदस्यमा उम्मेदवारी नपरेको मुख्य निर्वाचन अधिकृत नेपालले बताउनुभयो ।

दोलखा जिल्लामा महिला ६७ हजार ८ सय ९३ जना र पुरुष ६५ हजार ५ सय ८९ जना गरी १ लाख ३३ हजार ४ सय ८२ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: