यसरी हाल्नुस् भोट (भिडियो सहित)


प्रकाशित मिति :2017-05-13 20:45:15

महिला खबर

काठमाडौं । वैशाख ३१ गते आइतबार स्थानीय तहको निर्वाचन हुँदैछ । पहिलो चरणको निर्वाचन अन्र्तगत प्रदेश नं ३, ४ र ६ मा निर्वाचन हुने कार्यक्रम रहेको छ ।

०५४ पछि पहिलोपटक हुन लागेको स्थानीय निर्वाचनमा भोट हाल्न सर्वसाधारण आतुर देखिन्छन् । तर, कतिपय भोट हाल्ने तरिका थाहा नहुँदा अन्योलमा पनि परेका देखिन्छन् । मतदाता शिक्षा सन्तोजनक नभएको र समय पनि छोटो भएकोले निर्वाचन आयोगले पनि चुनावमा बदर मतको संख्या बढ्ने आशंका गरेको छ । यस्तै, मतपत्र जटिल प्रकारको भएको तथा मतपत्रको एउटै कोठाभित्र भएको दुईवटा चुनाव चिन्हले मतदाताहरुलाई झुक्याउन सक्ने मानिएको छ । मतदाता शिक्षा नपुगेका गाउँघरमा मतदान गर्ने तरिका बारे अन्यौलता अझ धेरै देखिन्छ ।

मतदान अघिको तयारी

१. कुनै गाउँपालिका वा नगरपालिकाको कुनै वडाको मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले सोही स्थानका तोकिएको मतदान केन्द्रमा मात्र मतदान गर्न पाउनेछन् ।

२. एक पदको लागि एकभन्दा बढी पटक वा एकभन्दा बढी मतदान केन्द्रमा मतदान गर्न पाइँदैन ।

३. मतदान गर्न जाँदा निर्वाचन आयोगले जारी गरेको मतदाता परिचयपत्र लिई जानुपर्नेछ वा कुनै कारणले मतदाता परिचयपत्र लिन नसकेको भए नागरिकता, सवारी चालक परिचयपत्र वा आफ्नो परिचय दिने सरकारी कागजात लिएर मतदान केन्द्रमा पुग्नु पर्नेछ ।

मतदान केन्द्रमा पुगेपछि

१. मतदान गर्न मतदाता नामावलीमा नाम भएको र तोकिएको आफ्नो वडा तथा टोलको मतदान केन्द्रमा गई मतदान गर्नुपर्दछ  ।

२. मतदान गर्ने समयभित्र अर्थात बिहान ७ बजेदेखि अपरान्ह ५ बजे मतदान केन्द्रमा पुगिसक्नु पर्नेछ ।

३. मतदाता परिचयपत्र साथमा लैजानुपर्छ ।

४. महिला भए महिला र पुरुष भए पुरुषको छुट्टाछुट्टै लाइनमा बस्नुपर्छ ।

५. अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवती महिला, अशक्त तथा विरामी भएका मतदाताहरुको लागि छुट्टै व्यवस्था गरिएको स्थानबाट जानुपर्छ ।

६. मतदान अधिकृत वा कर्मचारी भएको स्थानमा पुगेपछि आफ्नो नाम मतदाता नामावलीमा रुजु गराउने, औँलामा मसी लगाई माग्ने गर्नुपर्छ ।

७. मतदान गर्न मतपत्र लिनुपर्छ ।

८. आफूले लिएको मतपत्रको पुछारमा मतदान अधिकृतले हस्ताक्षर गरे/ नगरेको यकिन गरी हस्ताक्षर गरेको मतपत्र मात्र बुझिलिने गनुपर्छ ।

मतपत्र लिइसकेपछि

हस्ताक्षर भएको मतपत्र लिएपछि स्वस्तिक छाप लिई गोप्य मतदान कक्षमा गई आफूले मन पराएको  अध्यक्ष/ प्रमुख, उपाध्यक्ष/         उपप्रमुख, वडाअध्यक्ष र वडा सदस्यका लागि एक दलित महिला सहित दुई महिला गरी चार उम्मेदवारको चिह्न भएको कोठामा पर्ने गरी छाप लगााउनुपर्छ । यस अन्र्तगतः

१) पहिलो ठाडो लाइनमा रहेका निर्वाचन चिह्नहरुमध्ये एक निर्वाचन चिह्नमा मात्र स्वस्तिक छापले मत सङ्केत गरी अध्यक्ष वा प्रमुखको लागि मतदान गर्ने ।

२) दोस्रो ठाडो लाइनमा रहेका निर्वाचन चिह्नहरुमध्ये एक निर्वाचन चिह्नमा मात्र स्वस्तिक छापले मत सङ्केत गरी उपाध्यक्ष वा उपप्रमुखको लागि मतदान गर्ने ।

३) तेस्रो ठाडो लाइनमा रहेका निर्वाचन चिन्हहरुमध्ये एक निर्वाचन चिह्नमा मात्र स्वस्वितक छापले मत सङ्केत गरी वडाध्यक्षको लागि मतदान गर्ने ।

४) चौथो ठाडो लाइनमा रहेका निर्वाचन चिह्नहरुमध्ये एक निर्वाचन चिह्नमा मात्र स्वस्तिक छापले मत सङ्केत गरी महिला वडा सदस्यको लागि मतदान गर्ने ।

५) पाँचौ ठाडो लाइनमा रहेका निर्वाचन चिह्नहरुमध्ये एक निर्वाचन चिह्नमा मात्र स्वस्तिक छापले मत सङ्केत गरी दलित महिला वडा सदस्यको लागि मतदान गर्ने ।

६) छैठौ र सातौँ ठाडो वा तेस्रो लाइनमा रहेका निर्वाचन चिह्नहरुमध्ये कुनै दुई निर्वाचन चिह्नमा मात्र स्वस्तिक छापले मत सङ्केत गरी अन्य दुई वडा सदस्यहरुको लागि मतदान गर्ने ।

७. छाप लगााइसकेपछि मसी नलतपतिने गरी मतपत्र राम्रोसँग पट्याएर मतपेटिकामा मत खसाउन’पर्छ ।

८. मतदान गरेपछि तोकिएको मार्गबाट बाहिर जाने ,

९. मतदान केन्द्रमा मतदातालाई कुनै द्विविधा भएमा मतदान अधिकृत, मतदान कर्मचारी, सुरक्षाकर्मी तथा स्वयंसेवकको सहयोग लिनुपर्छ ।

कस्तो हुन्छ मतपत्र ?

स्थानीय तहको निर्वाचनका लागि अध्यक्ष/ प्रमुख , उपाध्यक्ष/ उपप्रमुख , वडाअध्यक्ष र एक दलित सहित दुई महिला र अन्य २ गरी जम्मा ४ सदस्य समेत ७ पदका लागि मतदान गर्नुपर्ने हुन्छ । मतपत्रमा सातवटा ठाडो लाइन रहेको हुन्छ र यसमा उम्मेदवारीको निर्वाचन चिन्ह राखिएको हुन्छ ।

गाउँपालिका र नगरपालिकाको निर्वाचनका लागि मतपत्रमा पहिलो लाइन अध्यक्ष वा प्रमुख , दोस्रो लाइन  उपाध्यक्ष वा उपप्रमुख , तेस्रो लाइन वडाअध्यक्ष , चौथो लाइन महिला सदस्य , पाँचौ लाइन दलित महिला सदस्य तथा छैठौ र सातौ लाइन दुइजना अन्य वडा सदस्यका लागि रहेको हुन्छ ।

मतदान गर्दा पहिलोदेखि पाँचौ ठाडो लाइनको कोठाहरुमा रहेका चिह्नहरु मध्ये प्रत्येक ठाडो लाइनको कुनै एक चिह्नमा गरी पाँच ठाउँमा तथा छैठौ र सातौ ठाडो लाइनको कोठा (कोलम भित्र) का कुनै दुई कोठामा मात्र मत सङ्केत गर्नुपर्दछ । यसरी स्थानीय तहको निर्वाचनमा एकजना मतदाताले बढी सात स्थानमा मतदान गर्नु पर्दछ ।

तर, यसो गर्दा तपाइँको अमूल्य मत खेर जान्छ-

१) सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको मतपत्रमा भएमा,

२) औँठाछाप लगाई वा तोकिएको बमोजिमको चिह्न वा छाप बाहेक अन्य चिह्न वा छाप लगाई मत सङ्केत गरेमा

३) मत सङ्केत चिह्न नबुझिने गरी लतपतिएको वा च्यातिएको भएमा,

४) उम्मेदवारको निर्वाचन चिह्न रहेको कोठामा मत सङ्केत नगरी अन्यत्र मत सङ्केत गरिएको

५) उम्मेदवार नरहेको निर्वाचन चिह्नमा मात्र मत सङ्केत गरिएको

६) निर्वाचन गर्नुपर्ने सङ्ख्याभन्दा बढी उम्मेदवारको निर्वाचन चिह्न भएको कोठामा छुट्टा छुट्टै मत सङ्केत गरिएको ।

७) एकभन्दा बढी उम्मेदवारको निर्वाचन चिह्न भएको कोठामा मत सङ्केतको चिह्न पर्ने गरी मत सङ्केत गरिएको ।

८) मत सङ्केत नगरी मतदान अधिकृतलाई फिर्ता दिइएको,

९) कुनै पनि उम्मेदवारको निर्वाचन चिह्नमा मत सङ्केत नगरिएको,

१०) आयोगद्वारा निर्धारित मतपत्र बाहेक अन्य मतपत्र प्रयोग गरी मतदान गरिएको,

११) मत मतपेटिकाभन्दा बाहिर राखिएको,

१२) जाली मतपत्र वा आयोगले बदर हुने भनी तोकेको मतपत्र प्रयोग गरेमा ।

मतपत्र बदर हुँदा एउटै पानामा रहेको ६ वटा मतपत्रबाट ७ जना उम्मेदवार निर्वाचित हुने भएकाले जुन पदको मत बदर हुने हो त्यस्तो मत मात्र बदर गरी अन्य मत गणना हुनेछ ।

भिडियोमा पनि हेर्नुहोस्

सबै स्रोतः निर्वाचन आयोग

https://www.youtube.com/watch?v=5OP0Da3ekwY

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: