निर्धक्क भई मतदान गरौं: प्रमुख निर्वाचन आयुक्त


'गर्भवती, सुत्केरीलाई लाईन बस्नुपर्दैन'

प्रकाशित मिति :2017-05-13 22:00:34

महिला खबर

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले सुरक्षाको भरपर्दो व्यवस्था गरिएकाले निर्धक्क भई मतदान गर्न सर्वसाधारणसँग अपिल गर्नुभएको छ ।

निर्वाचन आयोगले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आयुक्त यादवले भोलि हुने निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको बताउनु भएको छ । ‘मतदानका लागि ६ हजार ६४२ मतदान केन्द्रमा आवश्यक पर्ने सम्पूर्ण तयारी आयोगले पूरा गरिसकेको छु, उहाँले भन्नुभयो ।

सो अवसरमा, आयुक्त यादवले अपाङ्गता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, असक्त वा विरामी मतदातालाई मतदान गर्ने कार्यमा प्राथमिकता दिई उचित व्यवस्थापन मिलाउन र सहज ढङ्गले मतदानको प्रबन्ध गर्न सबै मतदान अधिकृतलाई निर्देशन पनि दिनुभयो ।

उहाँले फोटो सहितको मतदाता नामावलीमा नाम समावेश भएकाले मतदाता परिचयपत्र लिन नसकेको वा कुनै कारणले साथमा नभएमा नागरिकता वा नेपाल सरकारबाट जारी भएका आधिकारिक कुनै पनि प्रमाणपत्र देखाएर मतदान गर्न पाउने व्यवस्था गरिएको बताउनुभयो ।

कार्यक्रममा उहाँले पहिलो चरणको निर्वाचन अन्र्तगत प्रदेश नं ३, ४ र ६ मा हुने निर्वाचनका कार्यक्रमबारे पनि जानकारी दिनुभएको थियो । उहाँले निर्वाचनलाई सफल बनाउन सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्न पनि आग्रह गर्नुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: