स्थानीय तहको निर्वाचन सुरु


भोट हाल्ने समय बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म

प्रकाशित मिति :2017-05-14 07:19:49

महिला खबर

मतदाता परिचयपत्र लिन आएका महिला । तस्वीर: शर्मीला बुढाथोकी/ दोलखा

काठमाडौं । आज अर्थात वैशाख ३१ गते पहिलो चरणको निर्वाचन अन्र्तगत प्रदेश नं ३, ४ र ६ मा निर्वाचन भइरहेको छ ।

स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्तर्गत तीनवटा प्रदेशका ३४ जिल्लाका २८३ स्थानीय तहको  निर्वाचन हुन भइरहेको हो। गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाको प्रमुख, उपप्रमुख र वडा अध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य पदका लागि निर्वाचन हुन भइरहेको हो।

एक पद एक मतको आधारमा बहुमतीय निर्वाचन प्रणालीमा यो निर्वाचन हुँदैछ । यसका लागि कुल ४९ हजार ३३७ उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । तीमध्ये ६१ प्रतिशत पुरुष र ३९ प्रतिशत महिला उम्मेदवार छन् ।

निर्वाचनमा ४ महानगरपालिका, १ उपमहानगरपालिका, ९२ नगरपालिका र १८६ गाउँपालिकामा मतदान हुनेछ । यस निर्वाचनबाट नगरप्रमुख वा अध्यक्ष गरी २८३ र त्यतिकै संख्यामा उपप्रमुख वा उपाध्यक्ष निर्वाचित हुनेछन् । त्यस्तै, यस निर्वाचनबाट २ हजार ५९८ वडाध्यक्ष निर्वाचित हुनेछन्। निर्वाचनमा प्रमुख वा अध्यक्षमा कुल एक हजार ७२३ पुरुष र १५७ महिला गरी एक हजार ८८० तथा उपप्रमुख एवं उपाध्यक्षमा पुरुष २५७ र महिला एक हजार १२७ गरी कुल एक हजार ३८४ जना प्रतिस्पर्धामा छन् ।

स्थानीय तहको पहिलो चरणको निर्वाचनमा उम्मेदवारी फिर्तापछि कुल ४९ हजार ३३७ उम्मेदवारमध्ये महिला ३९ प्रतिशत र पुरुष ६१ प्रतिशतको नगरप्रमुख तथा अध्यक्षमा पुरुष एक हजार ७२३ र महिला १५७ जनाको उम्मेदवारी रहेको छ । नगरप्रमुख वा उपाध्यक्षमा भने पुरुषको भन्दा महिलाको सङ्ख्या सबैभन्दा बढी देखिएको छ । उपाध्यक्षमा २५७ जना पुरुष र एक हजार १२७ जना महिला छन् । वडाध्यक्षमा पुरुष १० हजार २९६ जना र महिला ४४८ जना उम्मेदवारहरू निर्वाचनको मैदानमा छन्। यसैगरी, वडा सदस्य दुई पद खुलाका लागि पुरुष १७ हजार ७२९ र महिला ९५१ जना र महिला वडा सदस्य पदमा नौ हजार ८३ र दलित महिला वडा सदस्यमा ७ हजार ५२६ जनाको उम्मेदवारी रहेको छ ।

स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार, राजनीतिक दलहरूले उम्मेदवारी मनोनयन गराउँदा नगरप्रमुख वा अध्यक्ष, उपप्रमुख वा उपाध्यक्षमध्ये ५० प्रतिशत महिला उम्मेदवार हुनुपर्ने व्यवस्था गरेको छ । त्यस्तै, वडा सदस्य पदका लागि ४० प्रतिशत महिला उम्मेदवार हुनैपर्ने व्यवस्था गरेको छ । पहिलो चरणको निर्वाचनमा ४९ लाख ५६ हजार ९२५ मतदाता मतदान कार्यमा सहभागिता जनाउँदै छन्।

यस्तै, निर्वाचनमा ४९ संस्थाका पर्यवेक्षकले निर्वाचन पर्यवेक्षण गर्ने छन्। निर्वाचन आयोगका अनुसार यस निर्वाचनमा १६० महिला र १६९ पुरुष गरी ३२९ जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: