महिला खबर
काठमाडौं । स्थानीय तहको पहिलो चरणको निर्वाचन कार्यक्रम अन्र्तगत आज प्रदेश नं ३, ४ र ६ मा निर्वाचन सम्पन्न भएको छ ।
मतदान केन्द्रहरुमा बिहान ७ बजेदेखि नै स्थानीयहरु पुगेका देखिए । स्थानीयहरुको उत्साहपूर्ण सहभागिता देखिएको छ । मतदानमा महिला, वृद्धवृद्धाको सहभागिता पनि उल्लेख्य देखिएको छ ।
निर्वाचन आयोगले बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय तोकेको थियो।
विभिन्न स्थानमा देखिएको मतदानको दृश्य-

उमेरले १०१ वर्ष पुग्नुभएकी रेवती घिमिरे मत खसाल्द, बछाैली मतदान केन्द्र, रत्ननगर चितवन/ तस्वीर: महिला खबर

टोखा नगरपालिका वडा नं ४ मा मतदानका लागि लाइन लाग्दै महिला/ तस्वीर: महिला खबर

टोखा नगरपालिका वडा नं ४ मा मतदान गरेर फर्किदै वृद्धाहरु / तस्वीर: महिला खबर

काठमाडौं महानगरपालिकाको ३१ नम्बर वडामा भोट हाल्न लाईनमा बसेका महिलाहरु/ तस्वीर: महिला खबर

काठमाडौं महानगरपालिकाको २९ नम्बर वडामा भोट हाल्ने तरखरमा महिला/ तस्वीर:महिला खबर

पूर्व मुख्य सचिव उमेश मैनाली काठमाडौं महानगरपालिकाको २९ नम्बर वडामा भोट हाल्दै/ तस्वीर:महिला खबर

निर्वाचन पर्यवेक्षणमा राष्ट्रिय अपांग महासंघका उपाध्यक्ष टीका दाहाल भक्तपुर थिमिको गणेश मा.वि.स्थित मतदान स्थलमा /तस्वीर: दाहालको फेसबुकबाट साभार

रामेछापको मन्थली नगरपालिकामा मतदानका लागि छाता आढेर लाइनमा बसेका मतदाताहरु । तस्वीर: अप्रिल अधिकारी

हुम्ला सिमिकोट गाउँपालिका वडा नं ६ मा मतदान गर्न लाइन लागेका महिला/ तस्वीर: टेकराज जोशी
Comment Here!