महिला कर्मचारीले मात्र गराए निर्वाचन


प्रकाशित मिति :2017-05-15 17:47:47

रसुवा/जिल्लाको एक निर्वाचन केन्द्रमा महिला कर्मचारीले मात्र निर्वाचन गराएका छन् । गोसाइँकुण्ड गाउँपालिका —६ स्थित रसुवा मावि धुन्चे मतदान केन्द्रमा मतदान अधिकृतदेखि कार्यालय सहयोगी तथा सुरक्षा निकायका महिला कर्मचारीले निर्वाचन सम्पन्न गराएका छन् ।

निर्वाचनस्थल महिलामैत्री र नमुना केन्द्रका रुपमा स्थापित गर्न लागि महिलाकै नेतृत्वमा निर्वाचन केन्द्र सञ्चालन गर्नका लागि महिला जनशक्ति मात्र खटाइएको मुख्य निर्वाचन अधिकृत रामराजा उपे्रतीले बताए । उनले भने , ‘रसुवा मावि धुन्चे मतदान केन्द्रलाई महिलामैत्री र नमुना केन्द्र बनाउनका लागि महिला कर्मचारील मात्र खटाइका हौँ , उहाँहरुले शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न गराउनुभयो । ’

जिल्ला जनस्वास्थ्य कार्यालय रसुवाका जनस्वास्थ्य अधिकृत बसुन्धरा शर्मा मतदान अधिकृत थिइन् । जिल्ला नापी कार्यालय रसुवाका सर्वेक्षक अञ्जु नेपाल सहायक मतदान अधिकृत रहेको सोही दुईजना सहायक कर्मचारी , दुईजना कार्यालय सहयोगी थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: