चारवटै महानगरको उपमेयरमा महिलाको अग्रता


प्रकाशित मिति :2017-05-16 18:02:51

चारवटै महानगरको उपमेयरमा महिलाको अग्रता

महिला खबर

ललितपुर । देशका चार वटा महानगरपालिकामा दलहरुले तालमेल गरेपनि प्रारम्भिक मतगणना अनुसार उपमेयरमा महिला अगाडि देखिएका छन् ।

पछिल्लो मत परिणामलाई आधार मानेर हेर्दा दलहरुको तालमेलले पनि महिला उपमेयर आउन भने नरोक्ने देखिएको छ ।

काठमाडौं र ललितपुर महानगरपालिकामा नेकपा एमाले र राप्रपाबीच तालमेल थियो । जसमा दुवै महानगरमा राप्रपाका पुरुष उम्मेदवारलाई एमालेले समर्थन गर्यो । तर, नेपाली काँग्रेसले काठमाडौंमा उपमेयरमा हरिप्रभा खड्गीलाई उपमेयरको उम्मेदवार बनाएको छ । अहिलेसम्मको मतपरिणाममा एमालेको समर्थन पाएको राप्रपाका उम्मेदवार राजाराम श्रेष्ठलाई उछिनेर काँग्रेसकी हरिप्रभा अगाडि हुनुहुन्छ ।

पछिल्लो मत परिणाम अनुसार हरिप्रभा २१५ मतका साथ अगाडि हुनुहुन्छ भने श्रेष्ठले १७१ मत ल्याएका छन् ।

ललितपुर महानगरपालिकामा पनि नेपाली काँग्रेसकै गीता सत्याल अगाडि छिन् । ललितपुरमा पछिल्लो पटक सार्वजनिक मत अनुसार सत्यालले २२१३ र एमालेसँग तालमेल गरेको राप्रपाका उम्मेदवार बाबुकाजी प्रधानले १२६६ मत प्राप्त गर्नुभएको छ ।

यस्तै चितवनको भरतपुर महानगरपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रकी संयुक्त उम्मेदवार पार्वती शाह र नेकपा एमालेकी उम्मेदवार दिव्या आचार्य उपमेयरको प्रतिस्पर्धामा छन् ।

पछिल्लो मत परिणाम अनुसार एमालेकी उम्मेदवार आचार्यले ४० मतले शाहलाई उछिन्नुभएको छ । आचार्यको मत ९४९ छ भने शाहले ४०९ मत प्राप्त गर्नुभएको छ ।

पोखरा लेखनाथ नगरपालिकामा पनि नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको तालमेल भएको थियो । मेयरमा नेकपा माओवादी केन्द्रले नेपाली काँग्रेसलाई छोडिदिए पनि नेपाली काँग्रेसकी सरस्वती गुरुङले उपमेयरको उम्मेदवारी फिर्ता लिइनन् ।

नेकपा एमाले भने एक्लै प्रतिस्पर्धामा छ । मत परिणामको पछिल्लो नतिजा अनुसार नेकपा एमालेकी मञ्जु गुरुङले १७९५ मत र सरस्वती गुरुङले १९५९ मत प्राप्त गर्नुभएको छ । चारवटै महानगरको मतगणना चलिरहेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: