८६ वर्षिया चन्द्रमाया वडा सदस्यमा विजयी


प्रकाशित मिति :2017-05-16 18:18:27

 महिला खबर

धादिङ । जिल्लाको थाक्रे्र गाउँपालिका–५ दामेचौरबाट ८६ वर्षिया चन्द्रमाया विश्वकर्मा दलित महिला सदस्यमा विजयी हुनुभएको छ । उहाँले ४९५ मत जोड्दै निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी सबिना बिकलाई पराजित गर्नुभएको छ । सविनाले ४७३ मत प्राप्त गर्नुभएको छ । चन्द्रमाया नेकपा एमालेबाट उम्मेदवार बन्नुभएको हो । बूढेसकालमा निर्वाचन जितेर जनप्रतिनिधि हुने रहर लागेको उहाँको भनाइ छ ।

वडा नं ५ को वडाध्यक्षमा माओवादी केन्द्र विजयी भएपनि वडा सदस्य भने सबै एमालेले जितेको थाक्रेका पत्रकार रामचन्द्र रुपाखेतीले जानकारी दिनुभयो । रुपाखेतीका अनुसार अहिले त्यहाँ विजय जुलुस निस्किएको छ तर, चन्द्रमायाको घर भने मतगणना स्थलदेखि निकै माथि भएका कारण उहाँ त्यसमा सहभागी हुन सक्नुभएन ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: