२८ महिला गाउँपालिका उपाध्यक्ष चुनिए


प्रकाशित मिति :2017-05-16 20:22:38

महिला खबर

काठमाडौं । १६ जिल्लाको मत परिणाम अनुसार २८ महिला गाउँपालिका उपाध्यक्षमा चुनिएका छन्  । पहिलो चरणको निर्वाचन पछि प्रदेश नं ३, ४ र ६ मा मतगणना जारी छ । तीन प्रदेशका २८३ स्थानीय तहबाट मत परिणाम धमाधम आइरहेका छन् ।

अहिलेसम्म १६ जिल्लाको ३० स्थानीय तह अन्र्तगत एक नगरपालिका र २८ गाउँपालिकाको मत परिणाम सार्वजनिक भएको छ । यस अनुसार २८ गाउँपालिका प्रत्येकमा गरी २८ जना महिला उपाध्यक्षमा निर्वाचित भएका छन् । यस्तै, कास्कीको लेखनाथ महानरगपालिका वडा नं.१ र चितवनको राप्ती नगरपालिका वडा नं। ५ मा दुइ महिला वडा अध्यक्षमा चुनिएका छन् ।

हालसम्म प्राप्त मत परिणाम अनुसार मनाङको नारफू गाउँपालिका र डोल्पाको ठूलीभेरी नगरपालिकामा भने प्रमुख÷उपप्रमुखमा दुवै पुरुष निर्वाचित भएका छन् ।

विभिन्न १६ जिल्लाका २८ वटा गाउँपालिका उपाध्यक्षमा चुनिएका महिला प्रतिनिधि

ललितपुर
१. कमला तामाङ – महांकाल गाउँपालिका उपाध्यक्ष (नेकपा एमाले)

कास्की
१. विष्णुमाया आचार्य पौडेल (४,५२३)– मादी गाउँपालिका उपाध्यक्ष (नेकपा एमाले)

तनहुँ
१. बिमला थापा (२,८६०)– देवघाट गाउँपालिका उपाध्यक्ष (नेपाली कांग्रेस)

सल्यान
१. टीका शर्मा वली (३,६९५)– दार्मा गाउँपालिका उपाध्यक्ष (माओवादी केन्द्र)
२. पुष्पा बोहरा – ढोरचौर गाउँपालिका उपाध्यक्ष (नेकपा एमाले)

नवलपरासी
१. माया श्रेष्ठ (३१७३)– बुङ्दीकाली गाउँपालिका उपाध्यक्ष (नेपाली कांग्रेस)

बाग्लुङ
१. मनसरी शेरचन (२,११५)– तमानखोला गाउँपालिका उपाध्यक्ष (नेपाली कांग्रेस)

डोल्पा
१. कुञ्जन बुढा (९१५)– काइके गाउँपालिका उपाध्यक्ष (राप्रपा)
२. धावा गुरुङ (निर्विरोध)– (स्वतन्त्र) से–फोक्सुण्डो गाउँपालिका
३. अमृता लामा (५५३)– जगदुल्ला गाउँपालिका .(माओवादी केन्द्र)
४.सविना कुमारी रोकाय– मुड्केचुला गाउँपालिका (नेकपा एमाले)

मनाङ
१.नेस्याङ गाउँपालिका उपाध्यक्ष (नेकपा एमाले)

मुस्ताङ
१. ढोका गुरुङ (६०१)– दालोमे गाउँपालिका उपाध्यक्ष (नेकपा एमाले)
२. डोल्मा विष्ट (६५२)– लोमान्थाङ गाउँपालिका उपाध्यक्ष (नेपाली कांग्रेस)
३. शर्मिला गुरुङ (७०७)– घरपझोङ गाउँपालिका उपाध्यक्ष (नेकपा एमाले)
४. बालकुमारी शेरचन (७२४)– थासाङ गाउँपालिका उपाध्यक्ष (नेपाली कांग्रेस)

५. ढिकी गुरुङ (६४५)– बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका उपाध्यक्ष (नेकपा एमाले)

जुम्ला
१. जानदेवी ऐडी (१,५८५)– गुठिचौर गाउँपालिका उपाध्यक्ष (माओवादी केन्द्र)
२. हिमाली रोकाय ९१३२७० – हिम गाउँपालिका उपाध्यक्ष (माओवादी केन्द्र)
३. पुन्नकली महतरा (२०२५)– पातारासी गाउँपालिका उपाध्यक्ष (नेपाली कांग्रेस)

कालिकोट
१. होइजाली बुढा (१५४९)– सान्नी त्रिवेणी गाउँपालिका उपाध्यक्ष (माओवादी केन्द्र)

जाजरकोट
१ रामछायाँ शाही (२,३७८)– कुशे गाउँपालिका उपाध्यक्ष (नेपाली कांग्रेस)
२ कुमारी थापा (२,०६३)– शिवालय गाउँपालिका उपाध्यक्ष (नेकपा एमाले)

हुम्ला
१ मन्जु बुढा (१२९०)– ताजाकोट गाउँपालिका उपाध्यक्ष (माओवादी केन्द्र)
२. इन्दिरा ओली (४,६६१)– सानीभेरी गाउँपालिका उपाध्यक्ष (माओवादी केन्द्र)

दैलेख
१. सीता ज्ञवाली (२,६२८)– डुंगेश्वर गाउँपालिका उपाध्यक्ष (नेपाली कांग्रेस)

रसुवा
१.कारग्याल्मो श्रेष्ठ (१७४०)– गोसाइँकुण्ड गाउँपालिका उपाध्यक्ष (नेकपा एमाले)

सिन्धुली
सगिंता माझी (४५२५) मरिण गाउँपालिकाको उपाध्यक्षमा (माओवादी केन्द्र)
वडा अध्यक्ष

कास्की
१. शारदा पराजुली – पोखरा लेखनाथ महानरगपालिका वडा नं.१

चितवन
१. मेनुका पाठक – राप्ती नगरपालिका वडा नं। ५ (नेकपा एमाले)

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: