मतदान केन्द महिलामैत्रीः लिली थापा


‘मतदान केन्द्र अपाङ्गमैत्री थिएन’

प्रकाशित मिति :2017-05-17 15:09:36

महिला खबर

काठमाडौं । वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा मतदान केन्द्र अपाङ्गमैत्री नभएको पाइएको छ ।

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति, आम निर्वाचन पर्यवेक्षण समिति तथा शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जालले गरेको स्थानीय तहको पर्यवेक्षणको प्रतिवेदनमा मतदान केन्द्र अपाङ्गमैत्री नभएको देखाएको छ ।

‘विशेष आवश्यकता भएका मतदाताको हकमा प्राथमिकता प्रदान गरी मतदान सहज बनाइएको थियो, तथापी मतदान केन्द्रहरु अपाङ्गमैत्री र पायक पर्ने ठाउँमा नहुँदा कठिनाई उत्पन्न भएको पाइयो ।’ नियोक, जियोक र संकल्पको संयुक्त प्रेस विज्ञप्तीमा भनिएको छ ।

संकल्पका अध्यक्ष लिली थापाले स्थानीय तहको निर्वाचनमा महिलाहरु उत्साहित भएर मतदान गरेको बताउनु भएको छ । ‘महिला मतदाताको सहभागिता यति धेरै उत्साहजनक थियो कि, कतिपयले बच्चा बोकेर, असक्त अवस्थामा, वुद्घ अवस्था हुँदा तथा श्रीमान् बितेको समयमा समेत भोट हाल्न मतदान केन्द्रसम्म आइपुगेका देखियो’, अध्यक्ष थापाले भन्नुभयो ।

उहाँले मतदान केन्द्रमा मतदान अधिकृत महिला, सुरक्षाकर्मी महिला र म्यादी प्रहरी महिला भएका कारण पनि यसपालिको निर्वाचन महिलाको लागि राम्रो मानिएको बताउनु भएको छ ।

अध्यक्ष लिली थापाले पहिलेको तुलनामा महिलाहरु धेरै सचेत भएको पनि बताउनुभयो । ‘संविधानसभाको निर्वाचनमा धेरै महिलाले परिवारले भनेको मान्छेलाई नै भोट हाल्ने हो भन्नुहुन्थ्यो तर, यसपालि महिलाहरु सचेत भएका छन् । धेरै महिलाहरुले आफुले रोजेको नेतालाई भोट हाल्ने हो भन्नुभयो । ’

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: