मनाङ र मुस्ताङका ३६ वडामा दलित महिलाको पद खाली


उपप्रमुख सहित मनाङमा ३८ र मुस्ताङमा ४३ महिला निर्वाचित

प्रकाशित मिति :2017-05-17 17:12:43

-महिला खबर –

काठमाडौं । पछिल्लो मत परिणाम अनुसार मनाङका २८ र मुस्ताङका ८ वडामा दलित महिलाको पद खाली भएको छ । यो सँगै, यी दुई जिल्लाका कुल ३६ वडामा त्यतिनै संख्यामा दलित महिला सदस्यको पद पनि खाली भएको छ ।

मनाङ जिल्लाको विभिन्न गाउँपालिकाका २८ वडामा दलित महिलाको उम्मेदवारी नै परेन । मुस्ताङमा पनि दलित वस्ती नभएका कारण दलित महिला आउन सकेनन् ।

मनाङको ४ गाउँपालिका नारफू, चामे, नेस्याङ र नाशोङका कुल २८ वडामा त्यतिनै संख्यामा दलित महिलाको पद खाली भएको छ । नारफूका ५ र चामे गाउँपालिकाको ५ वटै वडामा, नेस्याङ गाउँपालिकाको ९ मध्ये पाँच वटा वडामा, नाशोङ गाउँपालिकाकोे ९ मध्ये पाँच वटा वडामा दलित महिलाको पद खाली भएको छ । चामे गाउँपालिकाको वडा नं ५ मा भने दलित वडा सदस्य नभएपनि ४ वडा सदस्यमध्ये तीन महिला निर्वाचित भएका छन् ।

यस्तै, मुस्ताङका ५ गाउँपालिका लोमन्थाङ गाउँपालिका, दामोमे गाउँपालिका, थासाङ गाउँपालिका, बाह्गाउँ मुक्तिक्षेत्र, घरपझोङ गाउँपालिकाका विभिन्न ८ वडामा दलित महिलाको सिट खाली भएको छ । लोमन्थाङ गाउँपालिकाको पाँच वटै वडामा दलित महिलाका सिट खाली भएको छ । यस्तै, दामोमे गाउँपालिकाका ५ वडा मध्ये ४ वटा वडामा दलित महिलाको सिट खाली भएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी सीताराम शर्माले जानकारी दिनुभयो । थासाङ गाउँपालिकाको वडा नं ५ मा भने दुई दलित महिला सदस्य र खुला सदस्य गरी तीन महिला निर्वाचित भएका छन् । थासाङ गाउँपालिकाकै वडा नं ३ मा भने दलित महिला सहित अन्य दुई महिला वडा सदस्यमा निर्वाचित भएका छन् ।

उपप्रमुख सहित मनाङमा ३८ र मुस्ताङमा ४२ महिला निर्वाचित

स्थानीय तहको निर्वाचनमा मनाङ र मुस्ताङका विभिन्न गाउँपालिकामा ७ उपप्रमुख सहित ८७ महिला निर्वाचित भएका छन् । उपप्रमुख सहित मनाङमा ३८ र मुस्ताङमा ४२ महिला निर्वाचित भएका हुन् ।

मनाङका जिल्ला निर्वाचन अधिकारी गोपाल शर्माका अनुसार चार गाउँपालिका रहेको मनाङमा गाउँपालिका उपप्रमुखमा दुई महिला निर्वाचित भएका छन् । मनाङका सबै गाउँपालिकाहरुमा महिला सदस्य र दलित महिला सदस्य गरी जम्मा ३८ जना महिला निर्वाचित भएका छन् ।

यस्तै, पाँच गाउँपालिका रहेको मुस्ताङमा पनि गाउँपालिका उपप्रमुखमा पाँच महिला निर्वाचित भएको मुस्ताङका निर्वाचन अधिकृत सिताराम शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न गाउँपालिकामा महिला सदस्य एवम् दलित महिला सदस्य गरी ४२ जना महिला निर्वाचित भएका छन् ।

हेर्नुहोस्, कहाँ कहाँ खाली भए दलित महिलाको पद–

मनाङ

गाउँपालिका संख्या– ४

१. नाशोङ गाउँपालिका

उपाध्यक्ष– कमलमाया गुरुङ (५४१) (कांग्रेस)
वडा संख्या– ९
महिला सदस्य-दलित महिला सदस्य

वडा नं. १— गोलमाया गुरुङ (१२१) (एमाले)/सन्तकुमारी दमै (१२३) (एमाले)
वडा नं २— धनकासी गुरुङ (८५) (राप्रपा)
वडा नं ३— अन्यमाया गुरुङ (४७) (राप्रपा)
वडा नं ४— तिलकुमारी गुरुङ (१०७) (कांग्रेस)/सुकमाया वि.क (निर्विरोध)कांग्रेस
वडा नं ५—धावा धोमा लामा (३१) (कांग्रेस)
वडा नं ६— मोहनकुमारी घले (निर्विरोध, कांग्रेस)
वडा नं ७—अमिसा गुरुङ (निर्विरोध, कांग्रेस)
वडा नं ८— फूलमाया गुरुङ/शान्तदेवी वि.क (कांग्रेस, निर्विरोध)
वडा नं ९—शान्तिमाया गुरुङ (५८)/पार्वती परियार (५५) (एमाले)

२.चामे गाउँपालिका

वडा संख्या– ५

महिला सदस्य/दलित महिला सदस्य

वडा नं. १— आशकुमारी गुरुङ (निर्विरोध, एमाले)
वडा नं २— बुद्धमाया परियार (कांग्रेस)
वडा नं ३— निर्मार ढोमा लामा (निर्विरोध, कांग्रेस)/चमेली परियार (एमाले)
वडा नं ४— सुकमाया वि.क (कांग्रेस) (निर्विरोध, दलित)
वडा नं ५— फुलमाया गुरुङ (एमाले, खुला), समिरा गुरुङ (खुला), पेम्बा लामा (महिला सदस्य)

३. नारफू गाउँपालिका

वडा संख्या– ५

महिला सदस्य/दलित महिला सदस्य

वडा नं १—पेम्बा छोंमा लामा (निर्विरोध, कांग्रेस)
वडा नं २— कर्मछोटे लामा (निर्विरोध, कांग्रेस)
वडा नं ३— याङजिङ स्याङ्मा लामा (निर्विरोध, कांग्रेस)
वडा नं ४— धावा याङजोङ लामा (निर्विरोध, स्वतन्त्र)
वडा नं ५— प्रसिछेंजोड लामा (निर्विरोध, स्वतन्त्र)

४. नेस्याङ गाउँपालिका

उपाध्यक्ष– मिंखु गुरुङ (६११) (एमाले)

वडा संख्या– ९

महिला सदस्य/दलित महिला सदस्य

वडा नं १ —लंचुमबुटी गुरुङ (८९) (एमाले)
वडा नं २— टसी अन्जिङ लामा (४७) (एमाले)
वडा नं ३— विमला तामाङ (निर्विरोध, स्वतन्त्र)
वडा नं ४ — छुम्दा गुरुङ (६३)/माया वि.क (निर्विरोध, एमाले)
वडा नं ५— डिकी ओङ्मा गुरुङ (कांग्रेस) (८७)/मनकुमारी वि.क (१००)
वडा नं ६ — ओङ्मा घले (१२२) (एमाले)/कमला वि.क.(१२०)
वडा नं ७— लम तामाङ (निर्विरोध, कांग्रेस)
वडा नं ८— छिउँदा गुरुङ (१३३) (एमाले)
वडा नं ९— नोचोङ गुरुङ (निर्विरोध, स्वतन्त्र)

मुस्ताङ

१. गाउँपालिका संख्या–५

 

थासाङ गाउँपालिका

उपाध्यक्ष— बालकुमारी शेरचन (७२४) (काँग्रेस)

वडा संख्या– ५

महिला सदस्य/दलित महिला सदस्य
वडा नं १— विमला तुलाचन (१३२)/सञ्जु वि.क (१२३) (काँग्रेस)
वडा नं २— प्रेमकुमारी शेरचन (२०५)/जमूना दर्जी (२०९) (एमाले)
वडा नं ३— केसूवूर्जा मगर (१९१), पूर्णकुमारी गौचन (१९०) /चित्र नेपाली (१९५) (काँग्रेस)
वडा नं ४— विपना शेरचन (१३९)/फूलमाया वि.क (१४४) (एमाले)
वडा नं ५— मीना पुन मगर (१२४), इन्द्रकुमारी नेपाली (१५२)/शोभा परियार (१४३) (काँग्रेस)

२. लोमन्थाङ गाउँपालिका

वडा संख्या– ५

उपप्रमुख — यमा डोल्मा विष्ट(६५२) (काँग्रेस)

महिला सदस्य/दलित महिला सदस्य

वडा नं १– छिरिङ युटिन गुरुङ(१३८) काँग्रेस
वडा नं २— याजिङ ल्याङमो गुरुङ (९३) (काँग्रेस)
वडा नं ३— छिरिङ आङमो गुरुङ (निर्विरोध), पेमा युटिन गुरुङ (१५०) काँग्रेस
वडा नं ४—सिच्युङ गुरुङ(११२) (काँग्रेस)
वडा नं ५— कार्चुङ विष्ट (निर्विरोध, काँग्रेस)

३. दालोमे गाउँपालिका

उपप्रमुख— ढोका गुरुङ (६०१) (एमाले)

वडा संख्या– ५

महिला सदस्य/दलित महिला सदस्य

वडा नं १— छिरिङ ल्यामो गुरुङ (निर्विरोध, एमाले)
वडा नं २— छिपे पसाङ गुरुङ (निर्विरोध, स्वतन्त्र)
वडा नं.३— धङ्चे गुरुङ निर्विरोध (कांग्रेस)/फूमाया वि.क (निर्विरोध, एमाले)
वडा नं ४— पइम्मा ढोका गुरुङ (निर्विरोध, काँग्रेस)
वडा नं ५— छुकि गुरुङ (निर्विरोध, काँग्रेस)

३. बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका

उपप्रमुख—ढिकी गुरुङ (६४५) (एमाले)

वडा संख्या– ५

महिला सदस्य/दलित महिला सदस्य

वडा नं १— सीता वि.क (१५२) (एमाले)
वडा नं २—कस्याङ आङो गुरुङ (८१)/कान्छि वि.क (८३) (काँग्रेस)
वडा नं ३— शान्ति गुरुङ (१४३) काँग्रेस/शान्त कुमारी कामी (निर्विरोध, एमाले) १४६
वडा नं ४—लक्ष्मी कुमारी गुरुङ (१५९)/फूलकुमारी वि.क (१६०) (काँग्रेस)
वडा नं ५— देवि गुरुङ (१३३)/मनकुमारी वि.क (१५३) (एमाले)

४. घरपझोङ गाउँपालिका

उपप्रमुख—सर्मिला गुरुङ (७०७) (एमाले)

वडा संख्या– ५

महिला सदस्य÷दलित महिला सदस्य

वडा नं १ —जैकला वि.क (निर्विरोध, माओवादी केन्द्र)/ दुर्गादेवी रसाइली (एमाले)
वडा नं २— कल्पना हिराचन (निर्विरोध, राप्रपा)/माया नेपाली (स्वतन्त्र)
वडा नं ३—शान्ता थकाली (निर्विरोध)/विष्णु नेपाली (स्वतन्त्र)
वडा नं ४ —भुवनकुमारी शेरचन (१४५) (एमाले)/फूलकुमारी वि.क (१३६) कांग्रेस
वडा नं ५— लोप्ची गुरुङ निर्विरोध (स्वतन्त्र)/सरिता वि.क (१३१) (एमाले)

 

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: