काठमाडौँको मतगणना जारी: रञ्जु दर्शना तेस्रो स्थानमा


प्रकाशित मिति :2017-05-17 16:01:43

महिला खबर

ललितपुर । काठमाडौँ महानगरपालिकाको मेयर (प्रमुख) पदमा उम्मेदवारी दिनुभएकी रञ्जु दर्शनाले मुलुककै ठूलो दल काँग्रेस र एमालेको उम्मेदवारलाई पछ्याइरहनुभएको छ ।

पछिल्लो मतपरिणाम अनुसार रञ्जुले ६८३ मत प्राप्त गर्दै तेस्रो स्थानमा आफ्नो कब्जा जमाइरहनुभएको छ । नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य १३८६ मतका साथ पहिलो स्थानमा र नेपाली काँग्रेसका राजुराज जोशी ८७५ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ ।

मेयर पदको लागि सबैभन्दा कान्छी उम्मेदवार दर्शनाले विवेकशिल नेपाली दलका तर्फबाट उम्मेदवार दिनुभएको हो । २१ वर्षकी रञ्जुले प्राप्त गरेको पछिल्लो मतलाई आधार मानेर मतदाताहरुले पुराना दलहरूको विकल्प खोज्न थालेको पनि विश्लेषण गरिएको छ ।

मेयरकै अर्का उम्मेदवार साझा पार्टीका किशोर थापा ५१८ मतका साथ चौथो स्थानमा हुनुहुन्छ । ३२ वडा रहेको काठमाडौँ महानगरपालिकामा २ लाख ७९ हजार ३०६ मतदाता रहेका छन् । मतगणना जारी छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: