नेपालकै पहिलो महिला मेयर बनिन् कान्तिका


प्रकाशित मिति :2017-05-17 23:44:30

दुई वर्षअघि विमान दुर्घटनामा नेपाली कांग्रेसमा सक्रिय समाजसेवी आफ्नो श्रीमानलाई गुमाउनुपर्दा एकछिन त कान्तिका सेजुवाललाई पृथ्वी नै एक ठाउँमा अडिएझैं लागेको थियो।

तै उनले आफ्नो मनलाई सम्झाइन्, र दिवंगत श्रीमान् मानव सेजुवालले कोरेको बाटोमा हिँड्ने अठोट गरेर राजनीतिमा हाम फाल्ने निधो गरिन्।

उनका लागि राजनीति सोचेजस्तो सहज थिएन। तैपनि उनले हिम्मत हारिनन्। नतिजा, २० वर्षपछि भएको स्थानीय निर्वाचनमा उनी मेयर बन्ने पहिलो महिला बन्न सफल भएकी छन्।

कान्तिकाले जुम्लाको चन्दननाथ नगरपालिकामा आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शान्तिलाल महतलाई ७११ मतले पराजित गर्ने क्रममा यसपालिको स्थानीय निर्वाचनमा पहिलो महिला मेयर बन्ने सौभाग्य प्राप्त गरेकी हुन्।

उनले १० वटा वडा रहेको नगरपालिकामा २७७७ मत प्राप्त गरेकी थिइन्। गत महिना उनलाई मेयर पदका लागि सिफारिस हुँदा थुप्रै आलोचना भएको थियो। तर, पार्टी ‘हाइ कमाण्ड’ ले उनीमाथि ठूलो विश्वास देखायो र आलोचनाका बाबजुद उनलाई मेयरको टिकट दिने निर्णय गर्यो। अहिले कान्तिका पार्टीले आफूमाथि देखाएको विश्वासप्रति कृतज्ञ छिन्। र, आफूमाथि जिम्मेवारी थपिएको महसुस गर्छिन्।

‘मैले यसलाई प्रतिष्ठाको विषयभन्दा पनि जिम्मेवारी थपिएको रुपमा महसुस गरेको छु,’ उनले सेतोपाटीसँग टेलिफोन कुराकानीमा भनिन्। कान्तिकाका श्रीमान मानव पनि यो क्षेत्रमा निकै लोकप्रिय नेताका रुपमा चिनिन्थे। २०७१ सालमा काठमाडौंबाट नेपाल एयरलाइन्स चढेर जुम्ला जाने क्रममा उनको विमान दुर्घटनामा निधन भएको थियो। उनको निधनपछि नेपाली कांग्रेसले जुम्लामा ठूलो क्षति बेहोरेको महसुस गरेको थियो।

कान्तिका आफ्नो श्रीमानले जुम्लीहरुको जीवनशैली उकास्न देखेको सपना आफूले पूरा गर्ने बाटोतर्फ लाग्ने बताउँछिन्। ‘उहाँलाई म निकै मिस गरिरहेको छु। उहाँले जुम्लावासीको जीवनस्तर उकास्न देख्नुभएको सपना पुरा गर्नु मेरो पहिलो उद्देश्य हुनेछ,’ उनले भनिन्।

उनी जुम्लाको सामुदायिक स्कुल कर्णालीकी शिक्षिका पनि हुन्। उनले दुईवटा विषयमा स्नातकोत्तर गरेकी छन्। २ छोरी र २ छोराकी आमासमेत रहेकी ४५ वर्षीय कान्तिका जुम्लावासीले आफूमाथि देखाएको प्रेम र विश्वासमा खरो उत्रिने बताउँछिन्।

setopati.com

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: