रामेछापको दुई गाउँपालिकामा महिला उपाध्यक्ष


प्रकाशित मिति :2017-05-18 11:33:43

अप्रिल अधिकारी

रामेछाप । मतगणना सम्पन्न यहाँका २ गाउँपालिकाको उपाध्यक्षमा कांग्रेस र एमालेबाट एक/एक जना महिला विजयी भएका छन् ।

गोकुलगंगा गाउपालिकामा एमालेकी राधिका श्रेष्ठ र उमाकुण्ड गाउपालिकामा नेपाली कांग्रेसकी उर्मिला कार्की बस्नेत उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

श्रेष्ठले ३ हजार ६ सय ८८ मत प्राप्त गर्नुभएको छ भने निकटतम प्रतिद्धन्द्धी कांग्रेसकी तुलसादेवी खडकाले २ हजार ९ सय २४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत मिठु थापाले जानकारी दिनुभयो । अध्यक्षमा एमालेका खडग बहादुर सुनुवार विजयी हुनु भएको छ ।

यसैगरि कार्कीले २ हजार ३ सय १८ मत प्राप्त गर्नु भएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रकी लक्ष्मीमाया तमाङले १ हजार १ सय ७६ मत प्राप्त गर्नु भएको छ । सो गाउपालिका अध्यक्षमा एमालेका शेर बहादुर सुनुवार विजयी हुनु भएको छ ।
रामेछापमा २ नगरपालिका र ६ गाउँपालिका रहेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: