यमुना खनाल
सिराहा । कल्याणपुर नगरपालिकामा १३ वर्षीया बालिका आफ्नै छिमेकी एक युवकबाट बलात्कृत भएकी छन् । शनिवार राति आफ्नै घरमा सुतिरहेको बेला मादक पदार्थ सेवन गरेर आएका २३ वर्षिय युवकले बालिकालाई नियन्त्रणमा लिई बलात्कार गरेको प्रहरीले जनाएको छ । घटनामा संलग्न युवक फरार छन् ।
पीडित किशोरीकी आमा ४/५ वर्ष पहिला नै मरिसकेको र बुबा पनि ११ महिना अघि वैदेशीक रोजगारीमा रहेकाले उनी काका–काकीहरु संग वस्दै आएकी थिईन । वुवा विदेश रहेको र सामाजिक दवाबका कारण काकारकाकी पनि घर छोडेर भागेकाले घटनाको उजुरी पर्न नसकेको प्रहरीको भनाई छ ।
प्रहरीले किशोरीको आफन्त र घटनामा संलग्न युवकको खोजी गरिरहेको जनाएको छ । ती किशोरीको स्वास्थ्य परीक्षण र वयान समेत भइसकेको प्रहरीको भनाई छ । घटनालाई स्थानीय रुपमै मिलाउन राजनीतिक दलका नेताहरुले पिडित पक्षलाई दवाव दिइरहेका छन् ।
Comment Here!