नेतृत्वमा उक्लिदै एकल महिला


प्रकाशित मिति :2017-05-18 15:32:59

-महिला खबर-

काठमाडौं । समाजमा अझै पनि एकल महिलालाई कमजोरको संज्ञा दिइन्छ । तर यसपटकको स्थानीय तह निर्वाचनमा एकल महिला अगाडि देखिएका छन्  ।

देशकै विकट जिल्ला जुम्लाको चन्दननाथ नगरपालिकामा एकल महिला कान्तिका सेजुवाल देशकै पहिलाे महिला मेयर बन्नुभयो । उहाँ नेपाली काँग्रेसको उम्मेदवार हुनुहुन्छ । दुई वर्षअघि २०७१ सालमा विमान दुर्घटनामा श्रीमान् मानव सेजुवालको निधन पश्चात उहाँ एकल हुनुभएको हो ।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शान्तिलाल महतलाई ७११ मतले पछि पार्दै उहा २७७७ मतका साथ मेयरमा विजयी हुनुभएको हो ।

पहिलो मेयरको रुपमा निर्वाचित कान्तिकाले अव जुम्ली जनताको लागि स्वर्गीय श्रीमान मानव सेजुवालले देखेको सपना पुरा गर्ने तर्फ लाग्ने बताउनुभएको छ ।
श्रीमानको लोकप्रियता र कान्तिकाको नेतृत्व क्षमता तथा दृढ विश्वासका कारण जुम्ली जनताले उहाँलाई नेतृत्वको ऐतिहासिक अवसर दिएको हो ।

त्यसैगरी तनहूँको म्याग्दे गाउँपालिकाको अध्यक्षमा माया राना, गोरखा गण्डकी गाउँपालिकाको उपाध्यक्षमा ललिता अधिकारी, बिरेन्द्र नगरपालिका सुर्खेत ३ को सदस्यमा रामकुमारी थापा विजयी भएका छन् । कांग्रेसको तर्फबाट उम्मेदवारी बनेका उहाँहरु सबै एकल हुनुहुन्छ ।

श्रीमान् वितेपछि धेरै संघर्ष गर्दै राजनैतिक यात्रामा लागेकी राना महिला हकहित र सकारात्मक समाज निमार्णमा अग्रसर हुनुहुन्छ । राना ४,५६४ मतका साथ विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्दी एमालेका श्रीप्रसाद श्रेष्ठले ३,५६४ मत प्राप्त गर्नुभएको छ । एकल महिला समूह नेपालका संचार अधिकृत उमा थापाका अनसार देशभर ६० भन्दा बढी एकल महिलाले विभिन्न पदमा उम्मेदवारी दिएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: