रुकुमका दुई नगरपालिकाका उपप्रमुखमा दलित महिला


प्रकाशित मिति :2017-05-19 11:16:37

-महिला खबर-

काठमाडौं । तीन नगरपालिका र तीन गाउँपालिका रहेको रुकुमको दुई नगरपालिकाका उपप्रमुखमा दलित महिला विजयी भएका छन् ।

जिल्लाको आठविसकोट नगरपालिका र मुसिकोट नगरपालिकाको उपप्रमुखमा दलित महिला निर्वाचित भएका हुन् ।

आठविसकोट नगरपालिकाबाट माओवादी केन्द्रकी उम्मेदवार गीता नेपालीले ५ हजार ६ सय १८ मत ल्याएर विजयी हुनुभएको छ । उहाँको प्रतिद्वन्दी कांग्रेसकी अनिता बुढले ३ हजार १ सय ८७ मत ल्याउनुभएको थियो ।

यस्तै रुकुमको मुसीकोट नगरपालिकाको उपमेयरमा प्रेमकुमारी सुनार बिजयी हुनुभएको छ ।

सुनारले ४५११ मत प्राप्त गर्नुभएको थियो भने उहाँको प्रतिद्वन्दी नेपाली कांग्रेसकी बालकुकारी गिरीको ४१५७ मत प्राप्त गर्नुभएको थियो ।

प्रेमकुमारी माओवादीको तर्फबाट निर्वाचित पहिलो उपमेयर हुनुहुन्छ । सुनार २०४९ सालदेखि निरन्तर राजनीतिमा सक्रिय हुँदै आउनुभएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: