लमजुङका दुई नगरपालिकाको उपमेयरमा महिला विजयी


प्रकाशित मिति :2017-05-19 12:41:31

-बेलिना थापा –

             ज्ञानु शाह

लमजुङ । लमजुङका दुई नगरपालिकाको उपमेयरमा महिला विजयी भएका छन् । चार नगरपालिका, चार गाउँपालिका रहेको जिल्लामा सुन्दरबजार र बेसिशहर नगरपालिकाको उपमेयरमा महिला विजयी भएका हुन् ।

सुन्दरबजार नगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसकी ज्ञानु शाह बिजयी हुनुभएको छ । उहाँले ४ हजार ३ सय २३ मत ल्याउनुभएको थियो । उहाँको प्रतिद्वान्दवी नेकपा माओबादी केन्द्रकी शान्ता भुजेलले ३ हजार चार सय ७९ मत ल्याउनुभएको थियो ।

यस्तै बेसिशहर नगरपालिकाको उपमेयरमा नेकपा (एमाले) की लक्ष्मीदेवी अधिकारी निर्वाचित हुनुभएको छ । उहाँले ७ हजार ५ सय ७५ मत प्राप्त गर्नुभएको छ । यस्तै उहाँका प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी इन्दिरा तिवारी ६ हजार ९ सय ७३ मत ल्याउनुभएको थियो ।

            लक्ष्मीदेवी अधिकारी

यसअघि जिल्लाकै दूधपोखरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसकी छुपीमाया गुरुङ निर्वाचित भइसक्नुभएको छ ।

यस्तै लमजुङको क्व्होलासोंथर गाउँपालिकाको उपप्रमुखमा कुमारीमुनी गुरुङ निर्वाचित हुनुभएको छ ।  गुरुङले ३ हजार ३ सय ११ मत ल्याएर निर्वाचित हुनुभएको हो ।

उहाँको प्रतिद्वान्दवी कांग्रेसकी मनकुमारी गुरुङलाई १ हजार ५ सय ६४ मतको फराकिलो अन्तरले पराजित गर्दै कुमारीमुनी उपप्रमुखमा विजयी हुनुभएको हो । मनकुमारीले १ हजार ७ सय ४७ मत ल्याउनुभएको थियो ।

९ वटा वडा रहेको क्व्होलासोंथर गाउँपालिकामा एउटा वडामा मात्र वडा अध्यक्ष पदमा महिला निर्वाचित भएका छन् । वडा नम्बर ७ मा दिलकुमारी गुरुङ अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: