९२ नगरपालिकामा ३ महिला मेयरमा चुनिए


प्रकाशित मिति :2017-05-19 13:17:52

महिला खबर

काठमाडौं । स्थानीय तहको पहिलो निर्वाचन अन्र्तगत ९२ नगरपालिकाको पछिल्लो मत परिणम अनुसार हालसम्म ३ जना मात्र महिला मेयरमा निर्वाचित भएका छन् ।

जुम्लाको चन्दननाथ नगरपालिकामा कान्तिका सेजुवाल, नवलपरासीको कावासोती नगरपालिकामा चन्द्रा पुन र स्याङ्जाको पुतलीबजार नगरपालिकामा सीमा क्षेत्री निर्वाचित भएका हुन् ।

कान्तिका कांग्रेस र चन्द्रा र सीमा एमालेका उम्मेदवार हुन् ।

चन्द्रा पुन, कावासोती नगरपालिका मेयर

नवलपरासीको कावासोती नगरपालिकाको मेयरमा निर्वाचित चन्द्रा पुन संघर्षशील महिला नेतृ हुन् । मधेसी, थारु र पहाडे मिश्रति बसोबास रहेको कावासोती जस्तो ठूलो नगरपालिकामा मेयर जित्न उनले निकै कठिन प्रतिस्पर्धा गरिन् ।

राजनीतिमा लागेर निरन्तर महिला आन्दोलनको अगुवाई गरेकी पुन अविवाहित हुन् । उनको इमान्दारिता, निरन्तरता र पार्टीमा क्रियाशीलता नै मेयर जित्ने आधार बन्यो । चन्द्राले १३ हजार ४१ मत प्राप्त गरी कांग्रेसका महेन्द्र पोखरेललाई पराजित गरेकी हुन् ।

सीमा क्षेत्री, पुतलीबजार नगरपालिका मेयर

स्याङ्जाको पुतलीबजार नगरपालिकाको मेयरमा निर्वाचित सीमा क्षेत्री पनि संघर्षशील महिला नेतृ हुन् । उनी शिक्षकबाट अवकाश भएपछि एमालेको राजनीतिमा सक्रिय भएकी हुन् । शिक्षक संगठनको केन्द्रीय उपाध्यक्ष समेत भइसकेकी क्षेत्री अहिले एमालेको प्रदेश कमिटी सदस्य छिन् ।

उनले १० हजार २४९ मत प्राप्त गरेर पुतलीबजार नगरपालिकाको मेयर जित्दा कांग्रेसका प्रभावशाली नेता तुलसीराम रेग्मी १० हजार २० मतमा रोकिए ।

कान्तिका सेजुवाल, चन्दननाथ नगरपालिका मेयर

कर्णाली जस्तो पिछडिएको क्षेत्रबाट मेयर निर्वाचित भएकी कान्तिका सेजुवाल पनि अहिले चर्चामा छिन् । जुम्लाको चन्दननाथ नगरपालिकाको मेयरमा निर्वाचित कान्तिका सेजुवाल कांग्रेसका पूर्व जिल्ला सभापति मानव सेजुवालकी पत्नी हुन् । जुम्लाका लोकपि्रय नेता सेजुवालको विमान दुर्घटनामा मृत्यु भएको थियो ।

कान्तिकाले चन्दननाथ नगरपालिकाको मेयरमा २ हजार ७७७ मत प्राप्त गरी एमालेका शान्तिलाल महतलाई पराजित गरेकी हुन् ।

नेपाली कांग्रेस जुम्ला जिल्ला कार्यसमितिले नगर प्रमुखमा राजुसिंह कठायतलाई सिफारिस गरेपनि कांग्रेस केन्द्रीय कार्यालयले कान्तिका सेजुवाललाई टिकट दिएको थियो । त्यसविरुद्ध जुम्लामा विरोध प्रदर्शन भएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: