पोखराको उपमेयरमा दुई गुरुङ महिलाबीच कडा प्रतिष्पर्धा


कसले मार्ला बाजी ?

प्रकाशित मिति :2017-05-19 14:14:34

जमुना वर्षा शर्मा

 

पोखरा । देशकै सबैभन्दा ठूलो पोखरा–लेखनाथ महानगरपालिकाको उपमेयरमा दुई गुरुङ महिलाबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

कांग्रेसबाट सरस्वती गुरुङ र एमालेबाट मञ्जु गुरुङ्ग उपमेयरको प्रतिस्पर्धी हुनुहुन्छ । पोखरा प्रदेश नंं ४ को मुख्य केन्द्र विन्दु मानिएकाले पनि यहाँको चुनावी नतिजाको महत्व बढी छ । ३३ वटा वडा रहेको यस नगरमा हालसम्म ११ वटा वडाको मात्र नतिजा आएको छ ।

जसमा एमालेकी मञ्जुले १३ हजार ८५ मत प्राप्त गर्नु भएको छ भने नेपाली काँग्रेसकी सरस्वतीले १२ हजार ४ सय ३ मत प्राप्त गर्नु भएको छ । प्रमुख पार्टी नेपाली काँग्रेस र एमाले बीच कडा प्रतिष्पर्धा देखिदा माओवादी केन्द्रकी उपमेयर गोमा ढकाल धेरै मत अन्तरले पछाडि रहनु भएको छ ।

प्रमुखमा भने नेकपा एमालेको मान वहादुर जि.सीले १३ हजार ८ सय ५८ मत र नेपाली काग्रेसका रामजी कुँवर १३ हजार ५ सय ५९ मत प्राप्त गर्नु भएकोे छ । कास्कीको पोखरा लेखनाथ नगरपालिकामा १ लाख २६ हजार ४ सय २१ मतदाता रहेका छन् ।

हालसम्म मत गणना भएका वडाहरुमा नेपाली काँग्रेसले २,३,४,६,९,१० र ११ मा विजयी हासिल गरेको छ भने त्यसैगरी नेकपा एमाले १,५,७ र ८ मा विजयी हासिल गरेको छ । केहि वडाका सदस्यमा मिश्रीत परिणाम आएको छ । बाँकी वडाका मत गणन जारी रहेको छ । कास्कीमा ४ गाउँपालिका र एक महानगर गरी पाँच स्थानीय तह रहेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: