गोरखामा दुई नगरपालिका सहित सवै गाउँपालिकाको उपप्रमुखमा महिला


चुम नुव्री गाउँपालिकाका सबै वडामा दलित महिलाको सिट खाली

प्रकाशित मिति :2017-05-19 15:32:51

-महिला खबर –

काठमाडौं । दुई नगरपालिका र नौँ गाउँपालिका रहेको गोरखाका सवै नगरपालिका र गाउँपालिका उपप्रमुखमा महिला विजयी भएका छन् । प्रतिस्प्रर्धामा नेपाली कांग्रेस, एमाले, माओवादी, नयाँ शक्ति लगायतका दलहरु थिए ।

नेतृत्व तहमा महिलाको उत्साह देखिएपनि दलित महिलाका लागि छुटाइएको आरक्षण सिट भने रित्त भएका छन् । चुम नुव्री गाउँपालिकाका सवै वडामा दलित महिलाको सिट खालि भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
उपप्रमुखमा कहाँ कस्ले जिते

गोरखा नगरपालिका

जिल्लाको गोरखा नगरपालिकाको उपप्रमुख पदमा नेपाली कांग्रेसकी बिनाकुमारी श्रेष्ठले ६ हजार २६० मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वान्द्वी नेकपा एमालेकी सम्झाना देवकोटाले चार हजार ७०५ मत ल्याउनुभएको थियो ।

पालुङटार नगरपालिका

जिल्लाको पालुङ्टार नगरपालिकाको उपप्रमुख पदमा माओवादी केन्द्रकी पम्फा बसेल विजयी हुनुभएको छ । उहाँले चार हजार ४९८ मत ल्याउनुभएको थियो भने प्रतिद्वन्द्वी काँग्रेसकी चेतकुमारी श्रेष्ठले चार हजार १९६ मत ल्याउनुभएको थियो ।

भीमसेन गाउँपालिका

जिल्लाको भीमसेन गाउँपालिकाको उपप्रमुख पदमा काँग्रेसकी बिनु वाग्ले विजयी हुनुभएको छ । उहाँले तीन हजार ९८३ मत ल्याएर विजयी हुनुभएको हो ।

आरुघाट गाउँपालिका

आरुघाट गाउँपालिकाको उपप्रमुखमा कांग्रेसकी कल्पना नेपाली विजयी हुनुभएको छ । उहाँले तीन हजार ६०९ मत ल्याएर विजयी हुनुभएको हो ।

धार्चे गाउँपालिका

धार्चे गाउँपालिकाको उपप्रमुखमा काँग्रेसकी फूलमाया गुरुङ विजयी हुनुभएको छ । उहाँले एक हजार ५९५ मत ल्याएर विजयी हुनुभएको हो ।

चुमनुब्री गाउँपालिका

जिल्लाको चुमनुब्री गाउँपालिकाको उपप्रमुखमा माओवादी केन्द्रकी धनकुमारी गुरुङ विजयी हुनुभएको छ । उहाँले एक हजार २८५ मत ल्याएर विजयी हुनुभएको हो ।

अजिरकोट गाउँपालिका

अजिरकोट गाउँपालिकाको उपप्रमुखमा काँग्रेसकी चन्द्रमाया गुरुङ विजयी हुनुभएको छ । उहाँले तीन हजार ३३ मत ल्याउनुभएको थियो ।

सिरानचोक गाउँपालिका

सिरानचोक गाउँपालिकाको उपप्रमुखमा काँग्रेसकी रीता देवकोटा विजयी हुनुभएको छ । उहाँले तीन हजार ४११ मत ल्याउनुभएको थियो ।

गण्डकी गाउँपालिका

गण्डकी गाउँपालिकाको उपप्रमुखमा काँग्रेसकी ललिता अधिकारी विजयी हुनुभएको छ । उहाँले माओवादी केन्द्रकी पूर्णा थापालाई पछाडि पार्दै चार हजार ९७ मत ल्याउनुभएको थियो ।

सहित लखन गाउँपालिका

सहिद लखन गाउँपालिकाको उपप्रमुख पदमा माओवादीकी इन्दिरा तिवारी विजयी हुनुभएको छ । उहाँले तीन हजार ७९८ मत ल्याएर विजयी हुनुभएको हो ।

सुलिकोट गाउँपालिका

जिल्लाको सुलिकोट गाउँपालिकाको उपप्रमुखमा माओवादी केन्द्रकी सनमाया गुरुङले चार हजार ५०१ मत ल्याएर विजयी हुनुभएको छ ।

सात वडामै दलित महिलाको सिट खाली

गोरखाको चुमनुव्री गाउँपालिकाका सात वडामै दलित महिलाको सिट खाली भएको छ । जिल्ला निर्वाचन कार्यालय गोरखाका निर्वाचन अधिकारी राजेन्द्र प्रसाद पोख्रेलका अनुसार गाउँपालिकामा दलित महिलाहरु थोरै संख्यामा भएपनि मतदाता नामावलीमा नाम छुटेका कारण उम्मेदवारी दिन नपाएका हुन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: