शिक्षण पेशा छाडेर गाउँपालिकाको अध्यक्ष


प्रकाशित मिति :2017-05-21 09:00:32

स्थानीय तहको निर्वाचन हुनुभन्दा एक महिनाअघि थमसरा पुन मगर (४३) चन्द्रोज्योति माध्यमिक विद्यालयको प्रधानाध्यापक थिइन् । अहिले उनको जिम्मेवारी परिवर्तन भएको छ । म्याग्दी, धौलागिरी गाउँपालिकाको प्रमुखमा निर्वाचित भएपछि अब उनी स्थानीय सरकारको जनप्रतिनिधि बनेकी छन् ।
मुलुकमा २० वर्षपछि अर्थात् संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि पहिलोपटक निर्वाचन हुने भएपछि थमसराले १० वर्षे शिक्षण पेशालाई बिट मारिन् । निमावि तहको राहत शिक्षक (प्रधानाध्यपक)बाट राजीनामा दिएर चुनावमा होमिएकी उनी अध्यक्षमा निर्वा्चित पनि भइन् ।

यम बम

काठमाडौं । स्थानीय तहको निर्वाचन हुनुभन्दा एक महिनाअघि थमसरा पुन मगर (४३) चन्द्रोज्योति माध्यमिक विद्यालयको प्रधानाध्यापक थिइन् । अहिले उनको जिम्मेवारी परिवर्तन भएको छ । म्याग्दी, धौलागिरी गाउँपालिकाको प्रमुखमा निर्वाचित भएपछि अब उनी स्थानीय सरकारको जनप्रतिनिधि बनेकी छन् ।

मुलुकमा २० वर्षपछि अर्थात् संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि पहिलोपटक निर्वाचन हुने भएपछि थमसराले १० वर्षे शिक्षण पेशालाई बिट मारिन् । निमावि तहको राहत शिक्षक (प्रधानाध्यपक)बाट राजीनामा दिएर चुनावमा होमिएकी उनी अध्यक्षमा निर्वा्चित पनि भइन् ।

एमालेबाट उम्मेदवार बनेकी थमसराले कांग्रेस–माओवादी गठबन्धनका रिमप्रकाश थापालाई हराएकी हुन् । १० वर्षे शिक्षण पेशा बिट मारेर स्थानीय चुनावमा होमिएकी थमसरा म्याग्दीका ७ स्थानीय तहमध्ये एउटा मात्र महिला प्रमुख हुन्। एक नगरपालिका र ६ गाउँपालिका रहेको म्याग्दीमा अन्य दलले प्रमुख पदमा महिला उम्मेदवार तय गरेनन्। एमालेले भने धौलागिरीमा थमसरालाई अघि सार्यो। र, उनले बाजी मारिन्।

यसअघि २०५४ मा स्थानीय निकायको चुनाव हुँदा उनी वडा सदस्य निर्वा्चित भएकी थिइन्।

४३ वसन्तमा थुप्रै संघर्ष गरेकी थमसारको अबको योजना गाउँपालिकालाई विभेदरहीत बनाउने छ। छोराछोरीबीचको विभेदकै कारण बाल्यकालमा धेरै समय पढ्न नपाएकी थमसरा भन्छिन, ‘छोराछोरी समान हुन, पहिले सबैले शिक्षा पाउनुपर्छ। तब मात्र समाज समुन्नत हुन्छ।’
हुन त अहिले पनि छोरालाई निजी र छोरीलाई सरकारी विद्यालयमा पढाउने चलन रहेको उनी बताउँछिन्। छोराछोरीबीचको लैंगिक विभेद अन्त्यका लागि सचेतामूलक कार्यक्रम आवश्यक रहेको थमसराको बुझाइ छ।

थमसराको जीवन–संघर्ष

थमसराको जीवन संघर्षपूर्ण नै छ । कक्षा ५ सम्मको अध्ययनपछि पढाईमो ब्रेक लागेको थियो । २०३९ सालताकाकोे बाल्यकाल स्मरण गर्दै थमसरा भन्छिन, ‘गाउँ नजिक स्कुल थिएन। छोरीलाई पढाउनैका लागि टाढा पठाउदैनथे। त्यही भएर पढाई छोडे।’ पछि गाउँमै मावि खुलेपछि थमसराले २५ वर्षको उमेरमा कक्षा ८ मा भर्ना भै पढाईलाई निरन्तरता दिइन्।

त्यतिखेर कक्षा ८ उत्तीर्ण भएकाले अनमी पढ्न पाइन्थ्यो। त्यही लालचमा कक्षा ८ मा भर्ना भएपनि त्यो नियम खारेज भैगयो । अनि उनलाई फेर एसएलसी उत्तीर्ण गर्ने हुटहुटी जाग्यो । २०५४ मा प्राइभेटबाट एसएलसी उत्तीर्ण गरेपछि उनको एउटा सपना पूरा भयो– सीएमए पढन थालिन्।
सीएमएको १५ महिने कोर्ष गरेपछि थमसराले एक वर्ष गैरसरकारी संस्थामा जागिर पनि खाइन्। फेरि उनलाई उच्च शिक्षा अध्ययन गर्ने इच्छा जाग्यो । र २०६० मा पद्मकन्या क्याम्पसबाट प्रवीणता तह उत्तीर्ण गरिन् ।

कखरा सिकेकै स्कुलको प्रधानाध्यापक

सानै उमेरमा पढाईलाई बिट मारेकी थमसराको संयोग के बन्यो भने उनी कखरा सिकेको स्कुलकै प्रधानाध्यापक बनिन्। पद्मकन्याबाट प्रवीणता तह उत्तीर्ण गरेपछि आफूले कखरा सिकेको चन्द्रोज्योतिमै शिक्षक बनिन्, २०६२ मा।

शिक्षण पेशा थालेपछि उनले बागलुङ बजारमा रहेको धौलागिरी बहुमुखी क्याम्पसबाट स्नातक गरिन्। २०६८ मा निमावि राहत दरबन्दीमा नियुक्त भइन्। उनले २०७० देखि २०७४ वैशाख ९ गतेसम्म प्रधानाध्यापक पद सम्हालिन् । स्थानीय तहको निर्वाचन हुने भएपछि उनले पदबाट राजीनामा दिएकी थिइन्।
अखिल नेपाल महिला सघंकी जिल्ला अध्यक्ष रहेकी थमसराको अबको लक्ष्य धौलागिरीलाई विकासको बाटोमा डोर्याउदै पर्यटकीय गन्तव्य बनाउने रहेको छ।
उनले भनिन्, ‘अधुरो रहेको स्नातकोत्तरको अध्ययन पूरा पनि गर्ने सपना छ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: