अमेरिकाबाट मृगौला पिडित घलेलाई आर्थिक सहयोग


प्रकाशित मिति :2017-05-21 09:38:00

महिला खबर

काठमाडौं । अमेरिकामा रहेका नेपाली दाजुभाई तथा दिदिवहिनीहरुले मृगौला पिडित खुशमाया घलेलाई आर्थिक सहयोग गरेको छ ।

दुवै मृगौला खराब भएर उपचार गराइरहेकी लमजुङ बाहुनडाँडा ५ कि घलेलाई नगद दुई लाख पैतालिस हजार पाँच सय रुपैँया सहयोग गरेको हो ।

लमजुडको बाहुनडाडा घर भै हाल अमेरिकाको न्युयोर्क शहरमा कार्यरत देविजग गुरुड र न्युजर्सीमा कार्यरत शान्त अधिकारी घिमिरेको पहलमा करिब ६० जना नेपालीहरुले उक्त रकम पठाएका हुन् ।

मेरिकामा संकलित रकम पत्रकार घलेलाई हस्तान्तरण गर्दै देविजंग गुरुड

सो रकम शनिाaर काठमाडौंमा लमजडकै रेडियो मस्र्याडदीका सचिब एवं महिला खबरका सम्पादक प्रेमकुमारी घले, समाजसेवी कमलराज गुरुड र चिजामाया गुरुडले सयुक्त रुपमा पिडित घले र उहाँको श्रीमान महेन्द्र घलेलाई हस्तान्तरण गर्नुभएको थियो ।

सहयोग पाएपछि खुशी भएका घले दम्पतीले सहयोगदाताहरुलाई धन्यवाद दिएका छन् । घलेको कान्तिपुर नेशनल डायलसिस सेन्टर काठमाडौंमा उपचार भैरहेको छ । अहिले हप्तामा ३ पटक डायलसिस गरिरहेको र डायलसिस सरकारले निशुल्क गराइरहेको पनि घलेले बताउनभयो ।

तर घरको आर्थिक अवस्था कमजोर भएको र उपचारका लागि काठमाडौंमा डेरा गरि बस्नुपर्ने भएकाले सहयोगको खाँचो रहेको उहाँले बताउनुभयो ।

सहयोगदाताहरुको नामावली :

    Comment Here!

Related NEWS
मुख्य खबर

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: