टुहुरी छोरी बनिन् उपमेयर


प्रकाशित मिति :2017-05-21 12:07:15

महिला खबर

काठमाडौं । भनिन्छ, इतिहास दोहोरिँदैन । तर, नुवाकोटमा इतिहास दोहोरियो ।

०६१ सालमा नुवाकोटका जिविस सभापतिलाई प्रहरीको गोलीले उडाएर शहीद बनाएको थियो । उनकै टुहुरी छोरी यतिबेला पिताको पदचाप पच्छ्याउँदै जनप्रतिनिधि बनेकी छिन् । कथा हो नुवाकोटका शहीद (तत्कालीन) जिविस सभापति भरत ढुंगानाकी छोरी कविता ढुंगानाको ।

कविताले नुवाकोटको बेलकोटगढी नगरपालिकाको उपमेयर पदमा लोकप्रीय मत लिएर निर्वाचित भएकी छिन् । उनको यो जितलाई माओवादी मात्रै होइन, एमाले पंक्तिबाट समेत प्रशंसा भइरहेको छ । कविताका पिता भरत नुवाकोटका चर्चित एमाले नेता थिए, जो पछि माओवादीमा लागेका थिए ।

व्यवस्थापन विषयमा स्नातकोत्तर (एमबीएस) गरिसकेकी उपमेयर कविता कानुन विषयमा स्नातक (एलएलबी) पूरा गरेर अधिवक्तासमेत भइसकेकी छन् । उनी हाल राजनीतिशास्त्रमा स्नातकोत्तर दोस्रो सेमेष्टरमा अध्ययनरत छिन् ।

को हुन् कविता ?

कविता ढुंगाना नुवाकोटका पूर्वजिविस सभापति भरत ढुंगानाकी छोरी हुन् । ०५४ सालमा नुवाकोट जिविसको सभापति थिए भरत । कार्यकाल सकिन एक वर्ष बाँकी छँदा ०५८ सालमा उनी एमाले छाडेर माओवादीमा लागे । र, भूमिगत राजनीति सुरु गरे । पिताले पद र घरबार छाडेर भूमिगत राजनीति थाल्दा कविता वाल्यावस्थामै थिइन् ।

किसान संगठनको केन्द्रीय सचिवालय सदस्यको जिम्मेवारीमा रहेका भरतप्रसाद ढुंगाना र विद्यार्थी नेता बैकुण्ठ पोख्रेललाई प्रहरीले धादिङको गुम्दीबाट निःशस्त्र अवस्थामा नियन्त्रणमा लिएर ०६१ असार ३१ गते हत्या गर्‍यो ।

आफ्ना पिताको हत्या हुँदा कविता ९ कक्षामा अध्ययनरत थिइन् । राजनीतिलाई खासै नबुझ्ने उनी अहिले परिपक्व राजनीतिक बहस गर्न सक्ने भएकी छन् । कम उमेरमै उपमेयरमा निर्वाचित भएको रेकर्ड बनाएकी उनी भन्छिन्, ‘अहिले मेरा बुवालगायत सबै शहीदको सपना पूरा गर्ने र राम्रो काम गरेर देखाउने अवसर आएको छ, यो अवसरसँगै धेरै चुनौतिहरु थपिएको महसुस पनि भएको छ ।’

Online Khabar

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: