चीनको ब्यूटि एक्सपोमा सहभागि हुँदै पोखरेली सौन्दर्यकर्मी


प्रकाशित मिति :2017-05-21 13:34:36

जमुना वर्षा शर्मा

पोखरा । पोखराका सौन्दयकर्मी महिला छिमेकी मुलुक चीनको सांघाई शहरमा हुन लागेको ३ दिने ब्यूटि एक्सपो २०१७ मा सहभागी हुन जाने भएका छन् ।

नेपालको तर्फबाट पोखरा उद्योग बाणिज्य संघ र नेपाल घरेलु तथा साना उद्योग महासंघ (FNCSI) को पहलमा पोखरा लगायत विभिन्न जिल्लाका १९ जना सौन्दयकर्मी र ३ जना हेयर ड्रेसर पुरुष सो एक्सपोमा सहभागि हुने भएका हुन् ।

मे २३ देखि २५ सम्म हुने ३ दिने एक्स्पोमा सहभागि हुन पोखराबाट चिनु, गुुरुङ्ग, इन्दिरा रोका, कल्पना कोइराला, छाँया ढकाल, सोनम गुरुगं, बविता कार्की, सुस्मा गुरुङ्गको टोलि आइतबार पोखराबाट काठमाडौ प्रस्थान गरेको कार्यक्रम संयोजक एवं नेपाल घरेलु महासंघका केन्द्रिय सदस्य चिनु गुरुङ्गले जानकारी दिनुभयो ।

कार्यक्रममा इन्टरनेशनल ब्राण्डका सौन्दर्य सामाग्री तथा विभिन्न देशका सौन्दर्य विज्ञ, ब्यूटि इन्ष्टिच्युट र स्कुलको सहभागिता रहने छ । उक्त एक्स्पोमा ब्यूटि सैलुन, स्पा, प्रोफेशनल मेकअप, नेल केयर/आर्ट, टाटु, हेयर डिजाइनमा आधुनिक प्रविधिको प्रयोग र संचालनको बारेमा जानाकारी हासिल हुने विश्वास सहभागिले गरेका छन् ।

सौन्दर्य स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने भएकोले केमिकलयुक्त सौन्दर्य प्रशाधनलाई निरुत्साहित गर्न र अन्तराष्ट्रियस्तरको हर्वल उत्पादनको संभाव्यतालाई अन्तराष्ट्रिय बजारमा बजारीकरणको लागि पनि एक्स्पो फलदायी हुने अपेक्षा सम्बन्धित व्यवसायीको रहेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: