साहासिक खेलमा अव्वल बन्दै महिला


प्रकाशित मिति :2017-05-21 16:47:51

-छेटु शेर्पा –

                   पासाङ ल्हामु शेर्पा

काठमाडौँ । पासाङ ल्हामुको जीवनको सुरुआती सपना हिमाल चढ्ने थिएन । न त उनलाई हिमाल आरोहीको अब्बल दर्जामा सुचिकृत हुन्छु भन्ने चाहना नै थियो । जब उमेर बढ्दै गयो तब उनले बुझिन् हिमाल चढ्ने पेशामा पनि महिला र पुरुषप्रति हेर्ने दृष्टिकोण फरक छ । त्यसैले पुरुषले मात्र चढ्न सक्ने महिलालाई असम्भव भन्ने सोचलाई चिर्नकै लागि उनमा आरोहण गाइड बन्ने सहास बढ्यो । विदेशी महिला गाइड हुन सक्ने नेपाली महिला किन हुन नसक्ने भन्ने इगो नै बन्यो उनमा ।

उनको आँगन नै हिमाल थियो । विदेशीहरु हिमाल आउँदा किन आएका होलान भन्ने कौतुहलता लाग्थ्यो । ‘झनै महिला नै आरोहणटोली प्रमुख भएर आएको देख्दा उनी झन् चकित नै पर्थे’ उनले भनिन् । सोलुखुम्बुको लुक्लामा जम्मिएकी पासाङल्हामु हिमालमै जन्मिएकाले होला हिमाल चढ्छु भन्ने सोच थिएन । तर, पछिल्लो समय महिलाकै प्रतिनिधित्व गर्ने लक्ष्यले उनमा इच्छा पलायो ।

माया गुरुङ

पासङ जस्तै माछीखोला गोरखाकी २२ बर्षीया माया गुरुङ पनि आरोहण क्षेत्रमा अव्वल मानिन थालेकी छन् । गाउँ नै शुन्य बनाएर दाजुभाई जति हिमाल आरोहण र ट्रेकिङमा जाने गरे पछि उनको मन पनि थामिएन । उनीमा भित्रैदेखि उत्साह आँट र जोस आयो त्यसैले उनी चार बर्ष यता आरोहण र ट्रेकिङमा झुम्मीएका छन् । निकै जोखिम मानिने आरोहण मात्र नभएर उनी बाल, रक क्लाइम्वीङ, समेत गर्छिन् । उनका बुबाआमा मनास्लुमा बुवाआमा होटल गरेर बस्छन् । उनले भने हिमाल आरोहण र ट्रेकिङलाई रोजिन् । छोटो समयमा बिदेशीहरु र ट्रेकिङ कम्पनीले पनि पासाङको काम रुचाएका छन् ।

पञ्चमाया तामाङ

चौथो राष्ट्रिय लिड क्लाइिम्वङ प्रतियोगिताको उपाधी प्राप्त सात महिला र २२ पुरुषलाई उछिनेर उपाधी हात पारेकी १६ वर्षीया पञ्चमाया तामाङ्ग पनि उस्तै अब्बल छन् । निकै लामो अनुभव भएका पुरुष खेलाडीहरुलाई पछि पार्न पञ्चमाया सफल भइन् । उनको कला, क्षमता र बहादुरी देखेर अन्तराष्ट्रिय स्पोर्ट क्लाइम्ङि महासंघ र नेपाल पर्वातारोहण संघ (एनएमए) का पदाधिकारी समेत चकित बने । उनमा अदभूत क्षमता छ भन्नेमा दुविधा छैन । उनी अहिले काभ्रेको बेगटारकी पन्चमाया कपन स्थित लिटिल मुन हाइ स्कुलमा अध्ययनरत छिन् । गत वर्षदेखि उनी विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलहरुमा सहभागी बनिरहेकी छन् ।

सहासिक खेलमा प्रतिनिधित्व गर्ने यि महिलाहरु प्रतिनिधि पात्र मात्र हुन । उनीहरु जस्तै सयौ महिलाहरु हिमालको कठिन आरोहण, वाल र रक क्लाइम्बीङ, ¥याफ्टीङ जस्ता खेलमा अव्वल बन्दै आएका छन् । पर्यटन विभागले हालसम्म १२ हजार ८ सय ४९ जना पदयात्रा (ट्रेकिङ) गाइड, तीन हजार सात सय ६३ पर्यटक (टुरिष्ट) गाइड र दुई सय २० जना जलयात्रा गाइडलाई प्रमाणपत्र दिएका छन् । यि मध्ये पाँच वर्षयता महिलाको उपस्थिती पनि उल्लेख्य भएको पर्यटन विभागका सूचना अधिकारी दुर्गादक्त ढकालले बताए ।

पासाङल्हमु कलिलै उमेरमा हिमाल आउने पर्यटकलाई बाटो देखाउने र जानकारीहरु दिन एसिष्टेन्ट गाइडको रुपमा काम गर्थिन् । नेपालमा महिलालाई संकुचित घेराभित्र राख्ने चलन छ । त्यसैले पनि परिवार र समाजले एक्लै पर्यटकको गाइड गर्न जान्छु भन्दा अनुमती दिन सहज थिएन । उनी चुनौति मोल्दै भावी सन्तती र आफ्नो जीवनका लागि पनि केही गर्न पर्छ भन्ने सहास लिएर ट्रेकिङ गाइडको पेशा रोजेको बताउँछिन् ।

लामो समयसम्मको मेहनतकै परिणामले आजसम्म अन्तराष्ट्रियस्तरमा माउटेनेरिङ गाइड गर्ने नेपालबाटै पासाङल्हामु मात्र एक महिला हुन् । अन्तराष्ट्रियस्तरमा साउथ र नर्थ अमेरिकामा उनी गाइड गर्दै आएकी छिन् । नेपालको अफ सिजन मानिने जाडो मौसम (वीन्टर) मा साउथ अमेरिकामा समर हुने भएकाले २, ३ महिना साउथ अमेरिकाको ककाङकागुवा हिमाल (६९९५ मी) मा पाँच बर्षदेखि गाइड गर्दै आएका छन् । उनले ट्रेकिङ गाइड पेशानै अंगाले भविश्य रोजेको र केही आम्दानी पनि गरेको बताइन । उनले ट्रेकिङ गाइड सम्बन्धीका दुई दर्जन बढी तालिमहरु लिएकी छिन् । फ्रान्सबाट डिव्लोमा माउण्टेनेरीङ कोर्ष पनि पुरा गरी सकेका छन् ।

हिमालमा जाँदा महिलालाई बढी चुनौती हुन्छ, सरकारले पनि महिला गाइडलाई प्रोत्साहनका लागि कुनै नयाँ कार्यक्रमहरु नल्याएको पासाङले दुखेसो पोखिन । नेपालमा पर्यटन क्षेत्रमा लाग्दा घर परिवारबाट टाढा हुनु पर्ने, चिसो, तातो सबै मौसमलाई खप्नु पर्ने हुन्छ तर आफुले गर्न सके भविश्य राम्रो भएको उनले बताइन् । सुरुमा प्रवेश गर्न गाह्रो हुन्छ तर त्यसपछि कमाइ, मानसम्मान पाइन्छ यो नै करियरको एउटा सन्तुष्टि हो । यो पेशामा आउन इच्छुक महिलाले आँट र सहास गरे राम्रो भविश्य भएको उनले अनुभव छ ।

आँट गरे सबै सम्भव छ, यि महिलाहरु भन्छन । यस क्षेत्रमा आउँँदा भविश्य राम्रा हुने र यसका लागि सकारात्मक शक्ति आवश्यक रहेको उनीहरु बताउछन् । ‘करियर बनाउने लक्ष्य राख्नु भन्दा पनि आफ्नो चाहाना अनुसारकै काम गरे जुनसुकै कुरा सम्भव हुने देख्छु ।’ पासाङले अनुभव सुनाइन ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: