उपमेयरका ७ दलित महिला


प्रकाशित मिति :2017-05-21 17:12:44

-महिला खबर –

काठमाडौं । स्थानीय तहको पहिलो चरणको निर्वाचनको हालसम्मको मतगणना अनुसार ७ जना दलित महिला उपमेयरमा निर्वाचित भएका छन् । नगर, गाउ तथा वडा अध्यक्ष जस्ता प्रमुख पदमा भने अहिलेसम्म कोही दलित महिला आउन सकेको छैन ।

वडामा भने दुई महिला मध्ये १ अनिवार्य दलित महिला हुनुपर्ने व्यवस्थासगै धेरै दलित महिला वडा तहमा पुगेका छन् । तर कतिपय स्थानमा दलित महिलाको उम्मेदवारी नपर्दा सो पद खाली रहेका छन् ।

कहाँ कहाँ आए उपमेयरमा दलित महिला

१.तीलागुफा नगरपालिका

कालिकोटको तीलागुफा नगरपालिकाको उपमेयरमा माओवादी केन्द्रकी दर्शना नेपाली विजयी हुनुभएको छ । नेपालीले १८ सय ४३ मत ल्याउनुभएको थियो ।

२.शुक्लागण्डकी नगरपालिका

तनहुँको शुक्लागण्डकी नगरपालिकाको उपमेयरमा एमालेकी सबिता रसाइली विजयी हुनुभएको छ । उहाँले आठ हजार नौ सय ८३ मत ल्याउनुभएको थियो । उहाँको प्रतिद्वान्द्वी नेकपा माओवादी केन्द्रकी सर्वदा खनालले सात हजार चार सय ३६ मत ल्याउनुभएको थियो ।

३.पालुङ्टार नगरपालिका

गोरखा जिल्लाको पालुङ्टार नगरपालिकाबाट माओवादी केन्द्रकी पम्फा बसेल उपमेयरमा विजयी हुनुभएको छ । उहाँले प्रतिद्वान्द्वी कांग्रेसकी चेतकुमारी श्रेष्ठलाई २ सय ९५ मत अन्तरले हराउनुभएको थियो । बसेलको ४ हजार ४ सय ९८ मत आएको थियो ।

४.आरुघाट गाउँपालिका

आरुघाट गाउँपालिकाको उपप्रमुखमा कांग्रेसकी कल्पना नेपाली विजयी हुनुभएको छ । उहाँले तीन हजार ६०९ मत ल्याएर विजयी हुनुभएको हो ।

५.गुर्भाकोट नगरपालिका

सुर्खेतको गुर्भाकोट नगरपालिकाबाट उपमेयरमा कांग्रेसकी मैना विक निर्वाचित हुनुभएको छ ।

६.आठविसकोट नगरपालिका

रुकुमको आठविसकोट नगरपालिकाबाट माओवादी केन्द्रकी गीता नेपाली उपमेयरमा विजयी हुनुभएको छ । उहाँले ५ हजार ६ सय १८ मत ल्याएर विजयी हुनुभएको हो । उहाँ प्रतिद्वन्दी कांग्रेसकी अनिता बुढाले ३ हजार १ सय ८७ मत ल्याउनुभएको थियो ।

७. मुसीकोट नगरपालिका

रुकुमको मुसीकोट नगरपालिकाको उपमेयरमा प्रेमकुमारी सुनार विजयी हुनुभएको छ ।
उहाँले ४५११ मत ल्याएर विजयी हुनुभएको हो । उहाँको प्रतिद्वन्दी नेपाली काँग्रेसकी बालकुमारी गिरीले ४१५७ मत ल्याउनुभएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: