खाँडादेवी गाउँपालिका ९ को वडा अध्यक्षमा चिनीमाया तामाङ


प्रकाशित मिति :2017-05-22 14:46:38

अप्रिल अधिकारी

रामेछाप । खाडाँदेवी गाउँपालिका ९ मा चिनीमाया तामाङले वडाध्यक्ष पद जितेकी छन् । जिल्लाका २ नगरपालिका र ६ गाउँपालिकाका ६४ मध्ये ६३ मा पुरुष वडाध्यक्ष निर्वाचित हुँदा उनको जित अहिले चर्चाको विषय बनेको छ ।

नेकपा एमालेबाट चुनावी मैदानमा होमिनु भएकी तामाङले ३,४१ मत प्राप्त गर्नु भएको थियो । उहाँका प्रतिद्वन्द्वी माअाेवादी केन्द्का अकल बहादुर भण्डारीले ३,१६ मत प्राप्त गर्नुभएको थियो । चुनाव अघिसम्म राजनितिमा सक्रिय नरहेकी चिनीमाया घरायसी कामकाज गर्दै सामान्य जीवन बिताउँदै आउनु भएको थियो ।

ससुरा र श्रीमान् राजनीतिमा संलग्न भएपनि उहाँ राजनीतिबाट टाढै रहनुहुन्थ्यो । उहाँका पति चिना तामाङ एमालेबाट राजनीतिमा सक्रिय हुँदै जिल्ला विकास समितिका सदस्य समेत बनेका थिए भने ससुरा मोतीलाल तामाङ चर्चित पन्चे नेता समेत थिए । श्रीमान चिना तमाङको करिब एक वर्षअघि निधन भएको थियो । पारिवारिक राजनीतिका कारण एमालेले उहाँलाई वडाध्यक्षको उमेद्वार बनाएको थियो ।

जितपछि महिला खबरसँग कुरा गर्दै तामाङले भन्नुभयो, ‘मेरो जित समग्र महिलाको जित भएको छ, तसर्थ अब वडाका हरेक नागरिकको कामसँगै महिला शसक्तिकरण र अवसरको सृजना गराउन मेरो भूमिका उल्लेख्य हुन्छ ।’

उहाँले अवसर पाए महिला पनि हरेक कुरामा योग्य भएको बताउनुभयो । जिल्लाका ८ वटा स्थानीय निकायहरुका कुल ६४ वडामा तामाङ बाहेक अन्य सबै महिला आरक्षित सिटमा मात्र सिमित भएका छन् । नगर उपप्रमुखमा २, गाउँपालिकाको उपाध्यक्षमा ६ र वडामा महिला सदस्य ६४ र दलित महिला सदस्य ६४ गरी १ सय ३६ पदमा महिला निर्वाचित भएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: