तेस्रो राष्ट्रिय महिला भलिबल जेठ २३ देखि


प्रकाशित मिति :2017-05-23 11:13:06

-महिला खबर –

काठमाडौं । तेस्रो राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही जेठ २३ गतेबाट सुरु हुने भएको छ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले आयोजना गर्ने प्रतियोगितामा विभिन्न ६ टोलीको सहभागिता रहने प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले बताउनुभयो ।

प्रतियोगितामा पहिलो हुने टिमलाई नगद एक लाख ५० हजार, दोस्रोलाई नगद ७५ हजार र तेस्रो हुने टिमलाई नगद ५० हजार रुपैँया पुरस्कार प्रदान गरिनेछ । लिगकम नकआउटका आधारमा हुने प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन एपीएफ क्लब, उपविजेता न्यु डायमन्ड एकेडेमी, नेपाल पुलिस क्लब, पश्चिमाञ्चल भलिबल संघ, त्रिभुवन आर्मी क्लब र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले भाग लिनेछन् ।

यस्तै प्रतियोगितामा सर्वोकृष्ट खेलाडीले १५ हजार, एयर एसियाबाट काठमाडौं—मलेसिया— काठमाडौंको हवाई टिकट पाउने जनाइएको छ । विधागत उत्कृष्टमा स्पाइकर, क्वीकर, सेटर, ब्लकर, डिफेन्स र सर्भललाई जनही ३ हजार रुपैँया प्रदान गरिनेछ । त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने प्रतियोगिता जेठ २६ गतेसम्म सञ्चालन हुनेछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: