बलात्कृत बालिका गर्भवती


प्रकाशित मिति :2017-05-23 12:12:35

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकामा एक १२ वर्षीया बालिका बलात्कृत भएको रहस्य झन्डै छ महिनापछि सार्वजनिक भएको छ । उनी गर्भवती रहेको प्रहरीले जनाएको छ ।

५ दिनअघि बालिकाले पेट दुख्यो भनेपछि स्थानीय स्वास्थ्य चौकी लगेका आफन्तले बालिका गर्भवती भएको थाहा पाएलगतै प्रहरीलाई खबर गरेका थिए । बलात्कारका आरोपी स्थानीय ४० वर्षीय राधे राना भने फरार रहेको इलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज प्रहरी निरीक्षक कृष्णानन्द भट्टले बताए । राना थारू समुदायकी ती बालिकाका बुबा भारतमा काम गर्छन् । आमाको पनि मानसिक अवस्था ठीक छैन । यही मौका छोपेर राधेले बालिकामाथि पटक–पटक बलात्कार गरेको प्रहरीले जनाएको । तर, स्थानीयले गाउँमै मुद्दा मिलाउने भन्दै सहयोग नगरेका कारण आरोपीलाई समात्न नसकिएको प्रहरी निरीक्षक भट्टले जानकारी दिए । उनले बालिकाकी माइजूलाई बोलाई केही दिनअघि जाहेरी दिन लगाएर अनुसन्धान सुरु गरिएको बताए ।

‘घटना बाहिर आएदेखि नै भलमन्सासहितका अगुवा बसेर कुरा मिलाउने काम भइरहेको छ,’ उनले भने, ‘लेनदेनमा कुरा नमिलेका कारण प्रहरीसम्म पुगेको र फेरि गाउँमै मिलाउन खोजिएको छ ।’ उनले सादा पोसाकमा प्रहरी खटाउँदासमेत गाउँलेले असहयोग गरेका कारण अभियुक्त समात्न नसकेको बताए । राधे गाउँमै भएको र उनको फोनसमेत लागिरहेको भट्टको भनाइ छ । सिविन नेपाल र ओरेक नेपालको टोलीले बालिकालाई सेफ हाउसमा लैजान खोजे पनि उनले राधेसँगै जाने अडान लिएको प्रहरी निरीक्षक भट्टले बताए । ‘बालिकालाई पूर्णरूपमा काउन्सिलिङ गरिएको छ,’ उनले भने, ‘त्यही पुरुषसँग जाने अडान लिइरहेकी छन् ।’

स्रोतः कान्तिपुर दैनिक

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: