सञ्चारिका सहकर्मी प्रतिमा ‘रोटरी जर्नो अवार्ड’ बाट पुरस्कृत हुने


प्रकाशित मिति :2017-05-23 15:28:10

महिला खबर

काठमाडौं । सञ्चारिका सहकर्मी प्रतिमा सिलवाल ‘रोटरी जर्नो अवार्ड २०१७’ बाट पुरस्कृत हुने हुनुभएको छ । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट –३२९२ ले हरेक वर्ष प्रदान गर्दै आएको यो अवार्ड यस बर्ष सिलवालले महिलाको विषयमा पत्रकारितामार्फत कलम चलाएको भन्दै प्रदान गर्ने भएको हो ।

सिलवाल सञ्चारिका समूहले उत्पादन गर्ने समकोण टेलिभिजन कार्यक्रमका लागि अनुसन्धान तथा महिलाखबर डटकमको फिचर सम्पादन गर्नुहुन्छ ।

सोही अवार्ड संचारिकाको सदस्य एवं शिक्षा मासिकमा कार्यरत रोश्ना सुब्बालाई पनि शिक्षा विधातर्फ पुरस्कृत गरिने भएको छ । सिलवाल र सुब्बा सहित ६ जना पत्रकारलाई प्रदान गरिने अवार्ड  यही जेठ १४ गते  वितर०ा  गनेै जनाएकाे छ ।

अवार्ड अन्र्तगत स्वास्थ्यबाट पदमराज जोशी, वातावरण पत्रकारिताबाट सरोज कोइराला, आर्थिक बिटबाट सुजित महत र मूलधारमाध्यमबाट भूषण यादवलाई प्रदान गर्ने जनाएको छ । छ वर्षयता विभिन्न विधामा पत्रकारिता गरिरहेका पत्रकारहरुलाई दिइने पुरस्कारको राशि जनही २५ हजार रुपैयाँ रहेको जनाइएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: