फुर्सदको समयमा पेन्टिङ


प्रकाशित मिति :2017-05-23 15:47:42

सर्मिला बुढाथोकी

दोलखा । स्कुल छुट्टी भएको दिन सँगैका साथीहरु खेलकुदमा रमाइरहँदा सोलुखुम्बु गुम्देलका दुई दिदीबहिनी पेमा शेर्पा (१६) र डोल्मा शेर्पा (१४) भने घर रंगाइरहेका भेटिन्छन् । सदरमुकाम चरिकोटमा भाडाको जग्गामा कटेरो बनाएर बस्दै आएका पेमा र डोल्मा बुबा पासाङसँगै रंग लगाउने काम गर्छन् ।

छोराछोरीलाई शिक्षा दिनकै लागि सोलुखुम्बुबाट दोलखा आएर जिविकोपार्जन गरिरहेका पासाङ लामो समयदेखि घर निर्माण तथा रङ्रोगनको काम गर्दै आएका छन् । ‘काम खोज्न काठमाण्डांै जाने सोच थियो’, शेर्पाले भने, ‘तर, दोलखामा नै काम गर्ने अवसर पाएपछि, यतै बसें ।’ उनी आफ्ना सात जनाको परिवारको पालनपोषण, शिक्षा–दिक्षाको लागि घर निर्माण तथा रङरोगनको काम गरिरहेको र रंग लगाउने काममा छोरीहरुले पनि सघाउन थालेपछि राहत मिलेको बताउँछन् ।

‘पहिले छोरीहरुले सघाउन खोज्दा काम गर्नु पर्देन, म मात्र गर्छु भन्थें, अहिले उनीहरुले काम सुरु गरेपछि फुर्सदको समय पनि सदुपयोग भएको छ, उनीहरु पढ्दै पनि छन्,’ शेर्पा भन्छन् ।

कक्षा १० र ९ मा अध्ययनरत पेमा र डोल्मा बुबाले ठेक्का लिएको कामलाई सहज बनाउन पाउँदा खुशी देखिन्छिन् । ‘पढेका थुप्रै मानिस बेरोजगार हुन्छन् भन्ने सुनेको छु’, पेमा भन्छिन्, ‘बुबाका कारण हामी पनि सानैदेखि रोजगार भयौं, सीप जान्यो भने दुःख हुँदैन भनेर काम गरेकी हुँ ।’
डोल्मा पनि बुबालाई सघाउन पाउँदा खुशी लाग्ने बताउँछिन् । भन्छिन्, ‘रङ लाउने काम छोरा मान्छेले मात्र गर्ने हो भन्ने धेरैको सोच छ, तर सिक्यो भने हामीले पनि सजिलै गर्न सक्छौं ।’ रङ्गरोगनको काम गर्न कतिपय ठाँउमा अप्ठेरो पर्दा बुबाले रङ लगाउने गरेको उनी बताउँछिन् । युवाहरुले पढाइलाई पहिलो प्राथमिकता दिनुपर्ने तर, पढाइ नबिग्रने गरी आफ्नो परिवारलाई सघाउन भने सकिने उनको भनाइ छ । ‘हामी दुवै दिदीबहिनीले पहिलो प्राथमिकता पढाइलाई दिएका छौं’, डोल्माले भनिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मैले न मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोड़िए हाम्रा पाइलाहरू उचालेर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: