१७ महिला नेतृत्व तहमा


कुन पार्टीबाट कति महिला आए ? सूचीसहित

प्रकाशित मिति :2017-05-23 16:11:16

महिला खबर

काठमाडौं । स्थानीय तहको पहिलो चरणको निर्वाचनको पछिल्लो मत परिणाम अनुसार हालसम्म १७ जना महिला प्रमुख पदमा निर्वाचित भएका छन् । ४ नगरपालिका, ८ गाउँपालिका र ५ वडाले प्रमुखको रुपमा महिला नेतृत्व पाएका हुन् ।

जस अन्र्तगत एमालेबाट ३ नगरपालिकाको मेयर, २ गाउँपालिकाको अध्यक्ष र ५ जना वडा अध्यक्ष गरी १० जना महिला निर्वाचित भएका छन् । कांग्रेसबाट १ मेयर र ४ गाउँपालिका अध्यक्षमा महिला आएका छन् भने माओवादी केन्द्रबाट २ गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् ।

प्रुखम पद जित्ने महिला

एमाले(१०)

स्याङजाको पुतलीबजार नगरपालिकाः मेयरमा सिमा क्षेत्री
नवलपरासीको कावासोती नगरपालिकाः मेयर चन्द्रा पुन
चितवन राप्ती नगरपालिकाः मेयरमा प्रभा बराल
रसुवाको कालिका गाउँपालिकाः अध्यक्षमा सीताकुमारी पौडेल
म्याग्दीकोे धौलागिरी गाउँपालिकाः अध्यक्ष थमसरा पुन
पोखरा लेखनाथ महानगरपालिकोको वडा नं. १: वडा अध्यक्ष शारदा पराजुली
चितवनको राप्ति नगरपालिका वडा नं. ५ : वडा अध्यक्ष मेनुका पाठक
स्याङ्जा फेदिखोला वडा नं. ५ : वडा अध्यक्ष देउकुमारी गुरूङ (चिजा)
रामेछाप खाँडादेवी गाउँपालिका वडा नं.९ः वडा अध्यक्षमा चिनीमाया तामाङ
लमजुङ बेसीशहर नगरपालिका वडा नं ८ : अध्यक्ष पवित्रा थापा राना

कांग्रेस (५)

जुम्लाको चन्दननाथ नगरपालिकाः मेयरमा कान्तिका सेजुवाल
तनहुँको म्याग्दे गाउँपालिकाः अध्यक्षमा माया राना
चितवनको इच्छाकामना गाउँपालिकाः अध्यक्षमा गीता गुरुङ
नवलपरासीको हुप्सिकोट गाउँपालिका : अध्यक्षमा लक्ष्मी पाण्डे
लमजुङको दुधपोखरी गाउँपालिका : अध्यक्षमा छुपिमाया गुरुङ

माओवादी केन्द्र (२)

सिन्धुली सुनकोसी गाउँपालिकाः अध्यक्ष दीपा बोहरा
सल्यान कुमाख गाउँपालिका : अध्यक्ष दिलमाया बुढामगर

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: